पोखरा । पोखराका दुई पर्यटन व्यवसायीले समस्यामा परेका १८ जना अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर तत्काल राहत सामग्री वितरण गरेका छन् ।
स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले अपाङ्गता भएकाहरुलाई तत्काल राहत सामग्रीको आवश्यकता भएको जानकारी गराए लगत्तै माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराइ र प्याराडिसो स्पोर्टस् एण्ड र बारका सञ्चालक गोपीबहादुर भट्टराईले तत्काल खाद्यान्न सामग्री उपलब्ध गराएको केन्द्रका महासचिव अन्जना केसीले बताइन ।
“कोरोना महामारीका कारण अहिले निषेधाज्ञा जारी छ सीपमूलक कामबाट जीवन चलाइरहेका पनि अहिले काम गर्न पाएका छैनन् , त्यसैगरी अन्यत्र काम गरेर जीवन धान्दै आएका अपाङ्गता भएकाका परिवार पनि अहिले कामविहीन बनेका छन् , त्यसैले राहत आवश्यता प¥यो” केसीले भने । “हामीलाई राहतको आवश्यकता भएको भनेर जो जोले नाम टिपाउनु भयो उहाहरुको अवस्था हेरेर सहयोगको अपिल गरेका थियौ, पर्यटन व्यवसायीबाट तत्काल सहयोग मिल्यो ।”
पर्यटन व्यवसायी नरेश भटटराईले यो महामारीमा धेरैलाई समस्या भएको र त्यसमा पनि अपाङ्गता भएकाहरुको अवस्था झनै कष्टकर रहेको खबर पाएपछि सहयोग गरिएको जानकारी दिए । उनका अनुसार केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङको समन्वयमा तुरुन्तै लिन आउन असहज भएकालाई राहत सामग्री घरघरमा नै पुर्याउन व्यवस्था गरिएको थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष समेत रहेका अर्का व्यवसायी गोपीबहादुर भट्टराईले असहज अवस्थमा मानवीय सेवानै धर्म भएकाले सहयोग गरेको बताए । उनले तत्कालको आवश्यकतालाई हेरेर प्रत्येक ब्यक्तिलाई २५ सय बराबरको १८ जनालाई खाद्यान्न साम्रगी वितरण गरिएको जानकारी दिए ।
केन्द्रक अध्यक्ष हेमबहादुर गुरुङ्गले अपाङ्गता भएका व्यक्तिका समस्यालाई तत्काल सम्बोधन गरेर घरघरमै राहत सामग्री पु¥याउन पहल गरेकोमा व्यवसायीद्वयलाई धन्यवाद दिदै राज्यबाट पनि यस क्षेत्रका व्यक्तिको समस्यालाई तत्काल सम्बोधन गर्न आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
बाराही जंगल लजले गर्यो निकुञ्ज क्षेत्रमा सरसफाई, ३ ट्याक्टर फोहर संकलन
होमस्टे महासंघ गण्डकीको प्रशिक्षण
पर्यटनकर्मीलाई ‘पर्यटकमैत्री सेवा’ सम्बन्धी तालिम
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१