कोरोना जित्ने बढे, संक्रमित घटे

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७८
Corona Banner

पोखरा  । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना जित्नेको संख्या बढेको छ भने संक्रमित घटेका छन् । गएको साता ६ हजार ६ सय ५४ संक्रमित निको भए । यो संख्या संक्रमितभन्दा निको हुने धेरै हो । सो साता संक्रमित ४ हजार ९ सय २६ थपिए ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माका अनुसार शुक्रबार ९ सय ४६ संक्रमित निको हुँदा त्योभन्दा कम ६ सय ८० संक्रमित भेटिएका छन् ।
योसँगै प्रदेशमा कोरोना जित्नेको संख्या ३५ हजार २ सय ५० पुगेको छ । नेपालभर शुक्रबार थप ८ हजार ६ सय ६३ जना निको भए । हालसम्म नेपालमा ४ लाख ७६ हजार १ सय ३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१.९ प्रतिशत छ ।

प्रदेशमा शुक्रबार १ हजार ५ सय ५४ जनाको स्वाब परीक्षणमा ४३.७५ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो । तीमध्ये कास्कीमा सबैभन्दा बढी १ सय ५५ र कम म्याग्दीमा २० संक्रमित थपिए । बागलुङमा १ सय १८ र नवलपुमा १ सय २२, गोरखा ७५, स्याङ्जा र तनहुँमा ४९÷४९, पर्वत ४८ र लमजुङमा ४४ जना संक्रमित थपिएका हुन् ।

योसँगै प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार ४ सय ३८ जना पुगेको छ । नेपालभर थप ६ हजार ६ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ८ सय १३ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमति थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६ सय ९९ छ ।

सक्रिय संक्रमितमध्ये ९० हजार ८ सय ९२ होम आइसोलेसनमा, ६ हजार ८ सय ९ संस्थागत आइसोलेसनमा, १ हजार ४ सय २२ आइसियू र भेन्टिलेटरमा ४ सय ४ बसेका छन् ।

गण्डकीमा १० को मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । जसमा कास्कीका ४, तनहुँ र म्याग्दीका २/२, नवलपुर र बाग्लुङका १/१ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा १३ की ६७ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा मृत्यु भएको छ । पोखरा ५ की ६८ वर्षीया महिलाको मेडिप्लस अस्पतालमा, पोखरा १७ का ४८ वर्षीय पुरूषको मणिपाल शिक्षण अस्पतालमा र पोखरा २५ का ५४ वर्षीय पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

म्याग्दीको रघुगंगा २ की ५८ वर्षीया महिलाको बेनी अस्पतालमा, रघुगंगा ३ का ६० वर्षीय कोरोना संक्रमित पुरूषको बेनी अस्पतालमै उपचारक्रममा निधन भएको छ ।

यस्तै तनहुँको भिमाद ५ का ४३ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा उपचार क्रममा निधन भएको हो । तनहुँकै शुक्लागण्डकी ४ का ४२ वर्षीय कोरोना संक्रमित पुरूषको फेवासिटी अस्पतालमा उपचार क्रममा ज्यान गएको हो ।

बागलुङको गल्कोट ३ की ७० वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, नवलपुरको कावासोती ८ का ८० वर्षीय पुरूषको होम आइसोलेसनमा ज्यान गएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ सय ३३ पुगेको छ । नेपालमा कोभिड–१९ संक्रमणबाट थप १ सय १ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालभर ७ हजार ७ सय ३१ जना को मृत्यु भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width