राइट फर चिल्ड्रेनको सहयोग

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७८
relief

पोखरा । राइट फर चिल्ड्रेनले कास्कीको मादी र रुपा गाउँपालिकाका अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याउन आवश्यक स्वास्थ्य तथा सुरक्षा सामग्री सहयोग गरेको छ ।

मादीको थुम्सीकोट अस्पतालमा कोभिड वार्ड सञ्चालन गर्न आवश्यक स्वास्थ्य सामग्री संस्थाका कार्यकारी निर्देशक अनिल पौडेलले गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङलाई हालै हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष गुरुङले कठिन अवस्थामा संस्थाले निरन्तर सहयोग गरिरहेकोमा आभार व्यक्त गरे । ३० शैयाको कोभिड वार्डका लागि हस्तान्तरण गरिएका सामग्रीमा पिपिई सेट–५० थान, स्यानिटाइजर, सर्जिकल–मास्क, पल्स–अक्सिमिटर, सर्जिकल ग्लोभ्स, लुज ग्लोभ्स, फेससिल्ड, म्याट्रेस, पिलोकभर, बेडसिट र केएन–९५ मास्क छन् ।

यसैगरी, राइट फर चिल्ड्रेनले रुपाको रुपाकोट अस्पतालमा पनि १५ शैयाको कोभिड वार्ड सञ्चालनका लागि सहयोग गरेको छ । स्वास्थ्य तथा सुरक्षा सामग्री गाउँपालिकाका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष ओझाले विपत्को घडीमा अस्पताललाई अत्यन्तै आवश्यक परेका सामग्री संस्थाले उपलब्ध गराएको भन्दै धन्यवाद व्यक्त गरे । सहयोग सामग्रीमा एनालाइजर मेसिन–१, कोलोरिमिटर–१, पिपिई सेट–५०, सेनिटाइजर, सर्जिकल मास्क, पल्स अक्सिमिटर, सर्जिकल ग्लोभ्स, लुज ग्लोभ्स, फेससिल्ड र केएन–९५ मास्क लगायत छन् ।

यसैबीच, संस्थाले दुवै गाउँपालिकामा कोभिडबाट संक्रमित भई होम आइसोलेसनमा रहेका संक्रमितका लागि स्वास्थ्य तथा सुरक्षा सामग्रीको प्याकेज कोभिड रेस्पोन्स किट उपलब्ध गराएको छ । जसमा मादीमा ७५ र रुपा गाउँपालिकामा ५० थान कोभिड रेस्पोन्स किट सहयोग गरिएको हो । कोभिड रेस्पोन्स किटमा थर्मोमिटर, सिटामोल, जिंक ट्याब्लेट, भिटामिन सी, भिटामिन डी, जीवनजल, हातधुने साबुन, फेस मास्क र स्यानिटाइजर लगायत छन् ।

साथै राइट फर चिल्ड्रेनले कोभिडबाट प्रभावित मादी गाउँपालिकाका अति विपन्न परिवारलाई चामल, दाल, चना, चिउरा, नुन, तेल, चाउचाउ, चिया, चिनी लगायत खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width