पोखरा । साताभरमा १० जनाको मृत्यु । धेरैलाई रुघाखोकी र टाउको दुख्ने समस्या । दैनिक मान्छे मर्न थालेपछि गोरखाको बारपाक अहिले शोकमा छ । कोभिडसँग मिल्दोजुल्दो लक्षण भए पनि परीक्षण नगरिएका कारण यसै भन्न सक्ने अवस्था थिएन । गाउँलेहरु पिसिआर जाँचका लागि तयारसमेत भएनन् । अहिले गावैंभरि रुघाखोकीका बिरामी छन् । शुक्रबार प्रदेश सरकारले स्वास्थ्यकर्मी लगेर परीक्षण गर्दा अधिकांश बिरामीमा कोरोना पुष्टि भएको छ ।
‘भयावह अवस्था छ । गाउँले सबैजसो बिरामी छन् । पहिले नै कोरोनाको शंका गरेको हो । तर परीक्षण नभई केही भन्न मिलेन,’ बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भने, ‘पालिकाले सकेजति औषधी वितरण पनि गरेको हो । तर हाम्रोमात्रै क्षमताले नभेट्ने रहेछ ।’ घना बस्ती भएको कारण संक्रमण तीव्र रुपमा फैलिएको उनले सुनाए । ‘मेलापातको बेला हो । घर नजिक नजिक पनि छन्,’ उनले भने, ‘गाउँमा भेला कचहरी सधैं भइरहन्थ्यो । कहाँबाट आयो र कसरी फैलियो अझै अनुमान गर्न सकिएको छैन ।’
गाउँमा कोरोना फैलिएपछि पालिकाको अरु काम ठप्प छ । सबै स्रोत कोभिड नियन्त्रणमा लगाएको अध्यक्ष भट्ट बताउँछन् । उनका अनुसार ४ वटा आइसोलेसन वार्ड बनाइएको छ । ‘४÷५ जनाका दरले राख्न मिल्ने ४ वटा अक्सिजनसहित आइसालेसन बनाइको छ । गाह्रो भएका बिरामीलाई त्यहाँ लगेर राखेका छौं,’ उनले थपे, ‘सिरियस भएकालाई पोखरा र भरतपुर पठायौं । कोही पनि फर्किएनन् ।’ बिरामी बोक्न पालिकाले छुट्टै एम्बुलेन्स राखेको छ ।
प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतसहित प्रदेश स्वास्थ्य निर्देशक र सांसदहरुको टोली शुक्रबार बारपाक पुगेर गाउँलेको स्वास्थ्य परीक्षण गरिएको छ । ‘जो हे¥यो उही बिरामी छ । रुघा खोकी सबैजसोमा छ,’ मन्त्री बस्नेतले भने, ‘बिरामी अझै बढ्न सक्छन् । घरबाहिर ननिस्किनू भनेर आएका छौं । बिरामीलाई समस्या परे प्रदेश सरकारले उपचारको प्रबन्ध मिलाउँछ ।’ उनका अनुसार गम्भीर बिरामीलाई गोरखा सदरमुकाम र पोखराका अस्पतालमा उपचारको व्यवस्था प्रदेशले मिलाउनेछ ।
मन्त्री रामशरण बस्नेतसहित प्रदेश स्वास्थ्य निर्देशक र स्वास्थ्यकर्मीको टोली शुक्रबार बारपाक पुगेर स्वास्थ्य परीक्षण थालेको छ
‘थप उपचार आवश्यक परे गोरखा सरदमुकाम र पोखरासम्म पनि लैजाने व्यवस्था प्रदेश सरकारले मिलाउँछ,’ उनले भने, ‘पालिकासँग समन्वय गरिरहेका छौं । आत्तिनु पर्ने छैन ।’ कांग्रेस संसदीय दलका प्रवक्ता तथा सांसद प्रकाशचन्द्र दवाडीले बिरामीको अवस्था थाहा पाएपछि बिहीबार नै औषधी र अन्य स्वास्थ्य सामग्री पठाएका थिए । सबै काम छोडेर नागरिकको उपचार गरिदन उनले सरकारसँग आग्रह गरेका छन् । ‘जनता रोग र भोकले मर्ने अवस्था छ । सरकारलाई वास्तै छैन,’ उनले आग्रह गर्दै भने, ‘यो बेला कुर्चीका कुरा छोडौं । अरु विकास रोकौं । नागरिकको ज्यान बचाऔं ।’ सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार नभएको उनको आरोप छ ।
सांसद धनमाया लामा पोखरेलले बाहिरी होहल्लाजस्तो नभए पनि कोभिडको असरले गाउँमा समस्या देखिएको बताइन् । ‘बाहिर जसरी प्रचार भएको छ, त्यस्तो अवस्था छैन,’ उनले भनिन्, ‘तर सचेत हुनुपर्ने रहेछ । हामी गएपछि गाउँलेहरु परीक्षणका लागि तयार भए । अवस्था नियन्त्रणमै छ ।’ पहिलो चरणमा गरिएको एन्टिजेन परीक्षणमा परीक्षण गरिएकामध्ये १० प्रतिशतमा संक्रमण पोजिटिभ देखिएको छ । शुक्रबार ६ सय जनाको जाँच गर्दा ६६ जनामा पोजिटिभ देखिएको छ ।
बारपाकमा प्रदेश सरकारले २ जना विषेशज्ञ डाक्टर, १ जना मेडिकल अधिकृत, नर्सिङ स्टाफ, १ जना मनोसामाजिक परामर्शकर्ता र १ जना जनस्वास्थ्य अधिकृत खटाएर स्वास्थ्य परीक्षण गरिरहेको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए । स्वास्थ्यकर्मीको टोलीले घरघरमै पुगेर बिरामीको जाँच गरिरहेको छ । परीक्षणका लागि सचेतना जगाउने, मनोसामाजिक परामर्श दिने तथा उपचार र औषधी वितरण निरन्तर गरिरहने उनको भनाइ छ । पहिलो चरणमा एन्टिजेन जाँच गरिएकोमा अब तत्कालै पिसिआर परीक्षण पनि सुरु हुनेछ । बारपाकमा जेठ लागेदेखि अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१