बानका अध्यक्ष न्यौपानेको निधन   

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७८
CHANDRA NEUPANE

इनरुवा ।  रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उहाँको ५० वर्षको उमेरमा निधन भएको हो ।

न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राइले जानकारी दिनुभयो । न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन म्यानेजर र विज्ञापन बोर्डका सदस्य समेत हुनुहुन्थ्यो ।

कोरोना सङक्रमण पुष्टि भएपछि न्यौपानेलाई वैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो । अवस्था जटिल भएपछि भेण्टिलेटरमा राखेर उहाँको उपचार गरिएको थियो । रासस

Related News

सम्बन्धित समाचार

hero news full width