त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पठनपाठन र परीक्षा सञ्चालन गर्ने

आदर्श समाज सम्वाददाता
जेठ ११, २०७८
tu

पोखरा ।  त्रिभुवन विश्वविद्यालयले वैकल्पिक विधिबाट पठनपाठन र परीक्षा सञ्चालन हुने भएकाले विद्यार्थीलाई सम्पर्कमा आउन आग्रह गरेको छ।

उपकुलपति धर्मकान्त बाँस्कोटाले अपिल जारी गर्दै वैकल्पिक विधिमार्फत् सुचारु भइरहेका कक्षाहरूलाई निरन्तरता दिने, सञ्चालन हुन बाँकी रहेका कक्षाहरू सुचारु गर्ने, रोकिएका परीक्षाहरू पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनका लागि सम्बन्धित सबैलाई यसैमा केन्द्रित भई अगाडि बढ्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आआफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्यालयको सम्पर्कमा आउन भनेका हुन्।

अपिलमा कोरोना भाइरसले उब्जाएको विषम् परिस्थितिले विश्वलाई नै स्वास्थ्य संकटबाट आक्रान्त पारेको अवस्थामा नेपालमा पनि ठूलो जनधनको क्षति भएको र पहिलो लहर सकिनै लाग्दा विश्वविद्यालयले पनि नियमित पठनपाठन र परीक्षाहरू सञ्चालन गर्न थालेको तर महामारीको दोस्रो लहरले विनाशकारी रुप लिँदा पठनपाठन र परीक्षाहरू स्थगित गर्नु परेको उल्लेख गरिएको छ।

विश्वविद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकले अल्पायुमै ज्यान गुमाउनु परेको हुँदा यस विषम् परिस्थितिमा महामारीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरिएको छ।

साथै विश्वविद्यालयले महामारीमा संघर्ष गरिरहने सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्यका सबै मापदण्ड अपनाई सुरक्षित रहन पनि आग्रह गरेको छ।

Related News

सम्बन्धित समाचार

  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…

hero news full width