शुक्लागण्डकी माेबाइल रक्तदान, ७४ युनिट संकलन

आदर्श समाज सम्वाददाता
जेठ ९, २०७८
blood donation-jesh 078 final

पोखरा । शुक्लागण्डकी नगर क्षेत्रमा शुक्रबार आयोजना गरिएको मोबाइल रक्तदान कार्यक्रममा ७४ युनिट रगत संकलन भएको छ । सुत्केरी, रक्तअल्पता र मिर्गौलाको डायलाइसिस गर्ने बिरामीलाई रगत अभाव समस्या सिर्जना भएपछि सो कार्यक्रम गरिएको हो ।

शुक्लागण्डकी एफएम, युवा नेपाल समिति तनहुँ, लियो क्लब अफ दुलेगौडा खैरेनी सिटी र विश्व हिन्दू महासंघ शुक्लागण्डकीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नगरका विभिन्न ६ स्थानमा गरिएको थियो । विपीचोक, बनकेवा चोक, बेलचौतारा, मिलडाँडा, ढोरफिर्दी र गाछेपानी क्षेत्रमा कार्यक्रम भएको लियो क्लब अफ दुलेगौडा खैरेनी सिटीका अध्यक्ष विनोद पोख्रेलले बताए ।

युवा नेपाल समिति तनहुँका संयोजक ऋषेश्वर भुवाईं ‘ऋतु’ले कोरोनाको विषम परिस्थितिमा पनि रक्तदान कार्यक्रममा सहभागी भएकोमा सबैलाई धन्यवाद दिए । उनले कतिपयले पहिलो पटक रक्तदान गरेको बताउँदै यस्ता अभियानले नियमित रुपमा रगत दिनलाई प्रेरित गर्ने बताए ।

क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रमको शुक्लागण्डकी एफएममा निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले रक्तदान गर्दै शुभारम्भ गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width