औषधी व्यवसायी संघद्वारा मानव सेवा आश्रममा सहयोग

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७८
manab sewa ashram

पोखरा । नेपाल औषधी व्यवसायी संघ कास्कीले मानवसेवा आश्रममा औषधी सामग्री सहयोग गरेको छ ।
आश्रितलाई कोभिड–१९ का कारण औषधी अभाव भएका कारण माग बमोजिम करिब ४० हजार बराबरको औषधी सहयोग गरिएको संघका जिल्ला अध्यक्ष विक्रम पन्तले जानकारी दिए । मानसिक स्वास्थ्यका लागि आवश्यक औषधि सहित एन्टिबायोटिक, भिटामिन, घाउघटिरा र चोटपटकमा लगाउने मल्हम आश्रममका जिल्ला संयोजक राजन सापकोटालाई हस्तान्तरण गरिएको पन्तले बताए ।

‘कोभिड–१९ का कारण धेरै समस्या छ । आश्रममा अधिकांश मानसिक समस्याका बिरामी हुनुहुँदोरहेछ, औषधि व्यवसायी साथीहरुको समन्वया आश्रममा आवश्यक औषधी उपलब्ध गराएका हौं,’ पन्तले भने ।
संघले विभिन्न अवस्थामा सामाजिक उत्तरदायित्व र मानवीय सेवालाई ध्यान दिँदै सामाजिक कार्य गर्दै आएको संघका महासचिव पूर्णकाजी बस्नेतले बताए ।

आश्रमका जिल्ला संयोजक सापकोटाकाले अहिले कठिन अवस्थामा आश्रमका मनोरोगी बिरामी लगायत अन्य बिरामीको लागि अत्यावश्यक औषधि सहयोग गरेर मानवीय सेवामा जुटेको बताए । आश्रममा विभिन्न कारणले सडकमा कष्टकर जीवन बिताउन बाध्य बेसहारा एवं मनोरोगी गरी १ सय ५५ जना आश्रित छन् ।

आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले पोखरा–२५ हेमजास्थित बावियातरामा १ अर्ब ३ करोड लागतमा मानवीय स्मारक (मानव सेवा धाम) को निर्माण भइरहेको बताए । सो धाम निर्माणका लागि प्रदेश सरकारको विशेष सहयोग छ । सो स्मारकको गुरुयोजना अनुसार ५ सय क्षमताको सडक मानवता जागरण तालिम केन्द्र, बाल उद्यान, यात्रु सेवा सत्तल लगायत संरचनाहरु हुनेछन् । २०८० सम्ममा सडक मानव मुक्त बनाउने अभियान अनुसार योजनाबद्ध कार्यमा लागेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टको प्रमुख स्टोर पोखरामा सुरु भएको…
  • ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । हाम्रो समाजमा एउटा उक्ति छ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ ज्येष्ठ नागरिक अनुभवका खानी हुन् ।…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…

hero news full width