स्याङ्जा । फेदीखोला गाउँपालिकाले कक्षा ८ को नतिजा अनलाइन्बाट प्रकाशन गरेको छ । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दे अनलाइनमार्फत् नजिता प्रकाशन गरेको पालिकाले जनाएको छ ।
अनलाइनबाट गरिएको नतिजालाई पालिकाले आफ्नो वेबसाइटमा राखेको छ । कोरोना संक्रमणका बेला विद्यार्थी तथा अभिभावकले घरमै बसेर नजिता थाहा पाउन सकून भन्ने उद्देश्यले अनलाइनबाटै नतिजा प्रकाशन गरेको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी गराए ।
‘एसइईकै मोडलमा कक्षा ८ को नतिजा प्रकाशन गरेका छौं । पालिकाको वेबसाइटमा गएर विद्यार्थीले सिम्बोल नम्बर र जन्म मिति टाइप गरेपछि नतिजा हेर्न सक्छन् ।’ अध्यक्ष सुवेदीले भने ‘ मार्कसिट सहितको नजिता हेर्न र प्रिन्ट गर्न पनि सकिन्छ ।’
पालिकाले भर्चुअल माध्यमबाट शिक्षा समितिको बैठक बसेपछि नजिता प्रकाशन गरेको हो । फेदीखोलाले प्रविधिको क्षेत्रमा आफूलाई क्रियाशील बनाएको छ । प्रविधिसँग शिक्षालाई जोड्न शिक्षकलाई ल्यापटक अभियान पनि सञ्चालन गरेको थियो ।
वैशाख १६ गतेदेखि आधारभूत तहको परिक्षा सञ्चालन गरेको शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले बताए । कक्षा ८ मा सहभागी २ सय ३० मध्ये सबै उत्तिर्ण छन् । तर, ग्रेड भने फरक फरक छ ।
बढ्दो संक्रमणका समयमा सूचना प्रविधिको प्रयोग गर्दे पालिकाले विद्यार्थीको अध्ययनप्रति चासो बढाएको छ । पालिकाभित्रका २७ वटा विद्यालय छन । तीमध्ये ९ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयबाट कक्षा ८ का आधारभूत परीक्षामा सहभागी रहेको पालिकाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
मदरल्याण्डमा बृहत् सांस्कृतिक दिवस सुरु
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१