अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव स्थगित

आदर्श समाज सम्वाददाता
जेठ ४, २०७८
marathan (1)

पोखरा । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोरोना महामारी रोकथामका निम्ति देशका अधिकांश जिल्लामा निषेधाज्ञा भई सभा सम्मेलन जस्ता कार्यक्रम गर्न प्रतिबन्ध तथा कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिका कारण अन्नपूर्ण आरोहण दिवस (जुन ३) अवसरमा तय गरिएको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ ।

समिति अध्यक्ष ललित गुरुङले विज्ञप्ति जारी गरी कोरोना भाइरसका कारण गत वर्ष स्थगित गर्नुपरेको र अहिले पनि नयाँ भेरियन्ट फैलिएका कारण कार्यक्रमलाई निरन्तर दिन नसकेको जनाएका हुन् । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न समितिले जेठ १८ देखि २० गतेसम्म कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा महोत्सव तथा म्याराथन गर्ने तय गरेको थियो ।

प्रतिकूल परिस्थितिका कारण कार्यक्रम स्थगित भए पनि आमागी वर्षमा पूर्वनिर्धारित समय अनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । अन्नपूर्ण म्याराथन तथा पर्यटन महोत्सवका लागि विनियोजित रकम आगामी वर्षमा समेत निरन्तरका लागि समतिले अनुरोध गरेको छ ।

२०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधार शिविरमा आएको हिमआँधीले अन्नपूर्ण आधार शिविरका होटलमा भएको गम्भीर क्षति, भ्रमण वर्ष २०२० घोषणा भए लगत्तै अन्नपूर्ण पदयात्रामार्ग अन्तर्गत हिन्कु केभको भएको दुःखद घटना र अहिले कोभिड–१९ को दोस्रो भेरियन्ट फैलिएको संक्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको निषेधोज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको विज्ञप्तिमा उल्लेख छ ।

समग्र पर्यटन उद्योग गम्भीर संकटोन्मुख परिस्थितिमा गुज्रिएको र पर्यटन क्षेत्रलाई धारासायी हुन नदिन विशेष राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग विशेष अनुरोध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको…
  • पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । मुलुककै पहिलो अन्तर्राष्ट्रिय म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहित पहिलोपटक अभियानका रुपमा सुरू भएको साप्ताहिक/मासिक दौड सफल बनाउन पोखरेली…
  • हिसानको फुटसल सुरु

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट सुरु भएको छ । प्रतियोगिता उद्घाटन…
  • अली मियाँ फुटबल जारी

    आदर्श समाज सम्वाददाता माघ १५, २०८१
    पोखरा । लोककवि अली मियाँ स्मृति चौंथो खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार ७ खेल भए । पोखरा–१३ माछापोखरी…
  • आहा रारामा ११ टिम टुंगो

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिने १२ मध्ये ११ टिमको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले…

hero news full width