पोखरा । कोरोना संक्रमितलाई सेवा दिने उद्देश्यले पोखराका पर्यटन व्यवसायी गणेश भट्टराई र टिकाराम सापकोटाको सक्रियतामा एउटा एम्बुलेन्स आइतबारदेखि निशुल्क सञ्चालनमा आएको छ ।
बालहितकारी परियोजना नेपालको सञ्चालनमा नरहेको एम्बुलेन्स पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई र पर्यटन परिषदका अर्का पूर्व अध्यक्ष टीकाराम सापकोटाको पहलमा मर्मत गरी कोभिड बिरामीको सेवामा लाग्ने गरी सञ्चालनमा आएको हो ।
पोखरा ६ का वडा अध्यक्ष जगतबहादुर पहारी मार्फत एम्बुलेन्स चालक रोशन सापकोटालाई चाबी दिएर एम्बुलेन्स सञ्चालनमा आएको हो । महामारीको यो विषम परिस्थितिसँग जुध्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सके नै सहज रूपमा यो परिस्थितिबाट पार पाउन सकिने भएकोले निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले बताए । कोभिड कहरका एम्बुलेन्स भाडा समेत अचाक्ली भएकोले सर्वसाधारणले निःशुल्क सेवा पाउन भनेर सञ्चालनमा ल्याएको पनि उनले बताए ।
भट्टराईले अस्पतालका बिरामी र उनीहरुका कुरुवाका लागि पनि आवश्यक खानाको सहयोग गर्न तयार रहेको बताए । ‘अरु निकायले पनि खानामा सघाएका छन् । हामीले अहिलेका लागि एम्बुलेन्स सहयोग गर्छाै ।
आवश्यक परेमा खाना खुवाउन पनि तयार छौ ।’ व्यवसायीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भोगेका समस्यालाई गर्न मिल्नेसम्मको सहयोग गर्ने तयारी रहेको बताए । अक्सिजनका रित्ता सिलिण्डरलाई भर्नका लागि प्लान्टसम्म ल्याउन र लैजान पनि अप्ठेरो परेको थाहा पाएकोले त्यसमा पनि सघाउने योजना रहेको उनीहरुले बताए ।
कोरोना कहरको यो बेला पोखरा महानगरपालिका र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रशासन सँगको छलफलमा एम्बुलेन्स नपुग भएको जानकारीमा आएपछि अक्सिजन सहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको पर्यटन व्यवसायी टिकाराम सापकोटाले जानकारी दिए ।
अक्सिजन ओसारपसार गर्न पनि यातायातको अभाव भएको जानकारी आएकोले त्यसकालागि पनि सवारी साधन उपलब्ध गराउने उनले बताए । कोरोना संक्रमण भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका बिरामीका हकमा औषधी र खानाको समस्या भएको अवस्थामा आवश्यकता अनुसार सहयोग गर्ने पनि उनले बताए । सरकारले नै यो व्यवस्था गरेको छ अपर्झट कुनै सक्रमितलाई यस्तो समस्या भएको जानकारीमा आएमा सहयोग गर्ने सापकोटाले सुनाए ।
कोरोना कहर सामान्य नभए सम्म कोभिड बिरामीलाई सेवा दिने गरि ६ महिनाकालागि सञ्चालनमा ल्याउन इन्धन, सवारीचालकको तलब, एम्बुलेन्स मर्मत लगायतकालागि आवश्यक ७ लाख रुपैयाँ विभिन्न सहयोगीले उपलब्ध गराएका छन् । लामो समय सञ्चालनमा नआएकोले टाटा सुमो एम्बुलेन्स मर्मत गर्न दुई लाख रुपैयाँ लागेको थियो ।
पर्यटन व्यवसायी गणेश भट्टराईले पहिलो चरणमा १ लाख ५६ हजार, टिकाराम सापकोटाले ७५ हजार, रामचन्द्र भट्टराईले ५१ हजार, रेवानका उपाध्यक्ष नरेश भट्टराईले ५१ हजार, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले ५१ हजार रुपैयाँ एम्बुलेन्स सञ्चालनकालागि सहयोग गरेका छन् । विभिन्न संस्था र व्यक्तिबाट सहयोग उपलब्ध गराउने र थप्ने क्रम जारी नै छ ।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले कोरोना कहर संग जुध्न आआफ्नो स्थानबाट सक्दो सहयोग गरेर योगदान पु¥याउन सबै जुट्नु पर्ने बताए । यो विषम परिस्थितिसँग जुध्न परिषदले चीनबाट ४ वटा हाइफ्लो अक्सिजन मेसिनसहित स्वास्थ्य सामग्री ल्याउन कम्पनीसँग सम्झौता गरिसकेको बताए ।
पोखरा ६ बैदामका वडा अध्यक्ष जगतबहादुर पहारीले पोखरा महानगरपालिकाले ३ वटा एम्बुलेन्स सञ्चालनमा ल्याए पनि कोभिड संक्रमित बढ्ने क्रम नरोकिएकोले एम्बुलेन्सले थेग्नै नसकेको अवस्थामा पर्यटन व्यवसायीले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएर महत्त्वपूर्ण सहयोग गरेको बताए ।
बालहितकारी परियोजना नेपालका अध्यक्ष गोविन्द पहारीले कोभिड कहर संग जुध्न बालहितकारी परियोजनाको एम्बुलेन्स प्रयोगमा आउँदा खुसी लागेको सुनाए । कसैलाई एम्बुलेन्स चाहिएमा चालक रोशन सापकोटा ९८१६१३८७८१ लाई फोन गर्न उनले सुझाए ।
Related News
सम्बन्धित समाचार
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१