पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले ‘पत्रकार कल्याणकारी कोष’ स्थापना गर्ने भएको छ । प्रदेश समितिको शनिबार भर्चुअल माध्यमबाट बसेको तेस्रो बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । सुरुमा समिति पदाधिकारी, सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यबाट न्यूनतम १५ हजारका दरले जम्मा गरी कोष स्थापना गर्ने निर्णय भएको महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।
कल्याणकारी कोषलाई एक करोड पुर्याइने लक्ष्य राखिएको छ । ‘सुरुमा महासंघका पदाधिकारी, सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यबाट कम्तिमा १५ हजारका दरले रकम जम्मा गर्ने निर्णय भएको छ । कार्यसमिति सदस्यले स्वच्छिक रुपमा प्रदान गर्नुहुनेछ । गण्डकी प्रदेशबाट पत्रकार महांघमा पूर्व पदाधिकारी, पूर्व कन्द्रीय सदस्य, अग्रज पत्रकार, योगदान दिन चहने सबै सञ्चारकर्मी पत्रकार, प्रदेश सरकार, स्थानीय र निजी तथा सामाजिक संघसस्था समेतसंग समेत सहकार्य गर्दै एक करोड रुपैयाँ बराबरको कोष स्थापना गर्ने निर्णय गरेका छौं,’ महाचिव सुवेदीले भने ।
कल्याणकारी कोषको सञ्चालन अध्यक्ष नाराण शर्मा नेतृत्वकै कार्यसमितिले गर्नेछ । कोष मार्फत प्राप्त व्याज श्रमजीवि पत्रकारको हितमा खर्च हुनेछ । त्यसैगरी महासचिव सुवेदीको नेतृत्वमा सचिव यदुनाथ बञ्जरा, समावेशी सचिव कैलाशबाबु श्रेष्ठ र कोषाध्यक्ष राजेन्द्र न्यौपाने सदस्य रहेको ‘पत्रकार कल्याणकारी कोष सञ्चालन कार्यविधि मस्यौदा समिति’ बनेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले श्रमजीवी पत्रकार लाभान्वित हुने हुँदा कोष स्थापनामा सबैले हातेमालो गर्नुपर्ने बताए । प्रदेश समिति सल्लाहकार दीपेन्द्र श्रेष्ठले पत्रकारको हितका लागि कोष स्थापना हुन सरहानीय कार्य भएको बताए ।
महासंघ प्रदेश समितिको बैठकले कोरोना उपचारको क्रममा निधन भएका पत्रकार गणेश पौडेल प्रति श्रद्धञ्जली अप्रण गर्दै गर्दै परिवार जनमा समवेदना प्रकट गरेको छ । साथै संक्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण पत्रकारलाई स्वास्थ्य सुरक्षाको पालना गरेरमात्र कर्म क्षेत्रमा खटिन आग्रह गरेको छ ।
Related News
सम्बन्धित समाचार
पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उद्घाटन
गुरुङ दम्पत्तीले बनाए बुद्ध मूर्ति
प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
अनुपम म्युजिकद्वारा १० हजारभन्दा बढीलाई तालिम
शिशु कल्याण र डेभिडफल क्लबद्वारा वातावरण सचेतना कार्यक्रम
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१