कांग्रेस स्याङ्जाको कार्यालय अस्थायी कोभिड अस्पताल बनाउन दिने निर्णय

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७८
Nc pic

स्याङ्जा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ ।
कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले अस्पताल निर्माणका लागि आवश्यक परेमा पार्टीको मुख्यालय नेै उपलब्ध गराउनेगरी निर्णय भएको जानकारी दिए ।

कोभिड अस्पतालका लागि स्थानीय तह, प्रदेश, केन्द्रीय सरकार वा कुनै आधिकारिक स्वास्थ्य सस्थाले अस्थायी उपयोग गर्न चाहेमा उपलब्ध गराउन सकिने बताइएको छ ।

कोरोना संक्रमण समुदायसम्म फैलिरहेको अवस्थामा निश्चित स्वास्थ्य संस्था र अस्पतालले मात्र बिरामीको चाप थेग्न नसकेका बेला कांग्रेसको निर्णय स्वागत योग्य भएकोे स्थानीयको भनाई छ ।

पुतलीबजार नगरपालिका १ अभियानपथमा रहेको भूईतला सहित ४ तलाको छ। वाक्लो बस्ती भन्दा पर रहेको भवन अस्पतालका लागि उपयोगी छ ।

महामारी रोग नियन्त्रणगरी र नागरिकका जीवन रक्षाको लागि सरोकारवाला निकाय गम्भीर हुन आग्रह गर्दै नेपाली काग्रेस स्याङ्जाले आवश्यकता अनुरुप सहयोगका लागि हातेमालो गर्न तयार रहेको एक प्रेस बिज्ञप्ति मार्फत जानकारी गराए ।

पार्टी कार्यालयमा अस्थायी कोभिड अस्पताल निर्माण गर्ने जानकारी सहितको पत्र जिल्ला प्रशासन कार्यालय, समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय र पुतलीबजार नगरपालिकालाई आइतवार (भोलि) कार्यालय खुलेपछि जानकारी गराउने निर्णय भएको कावा सभापति रानाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width