कृष्णमान गुभाजुको निधन

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०७८
Krishna

पोखरा । कोरोरा संक्रमणका कारण पोखराका व्यवसायी कृष्णमान गुभाजुको निधन भएको छ । नेपाली काँग्रेस पोखरा–१ का पूर्व सभापति समेत रहेका उनको भक्तपुर इन्टरनेसनल हस्पिटलमा बिहीबार राति निधन भएको हो ।

गत वैशाख १५ मा कोरोना संक्रमण पुष्टि भएपछि पोखराबाट थप उपचारका लागि काठमाडौं रेफर गरिएकोमा काठमाडौंका कुनै हस्पिटलमा पनि बेड नपाएपछि भक्तपुर इन्टरनेशनल हस्पिटल लगिएको परिवारजनले जनाएको छ । त्यहाँ अस्पतालको लापरबाही र अक्सिजन अभावमा ज्यान गएको परिवारजनको आरोप छ ।

पोखराको मोहोरिया निवासी कृष्णमानले कृषकञ्चन ज्वेलरी चलाउँदै आएका थिए । साथै कञ्चन क्यापिटल पनि उनले प्रबद्र्धन गरेको कम्पनी हो । विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा आबद्ध उनी सुनचाँदी व्यवसायी संघ पोखराका पूर्व अध्यक्ष थिए ।

पोखरा–११, काहुँडाँडामा निर्माणाधीन धर्मकाय बुद्ध मण्डला समितिमा उनी कोषाध्यक्ष थिए । रोटरी क्लब अफ अन्नपूर्णका पूर्व अध्यक्ष समेत उनी विश्वशान्ति स्तूपा सञ्चालक समितिमा २ कार्यकाल सचिव भइ काम गरेका थिए । धर्मशीला बुद्ध विहार नदीपुरको ज्ञानमाला संघ र दायक सभाका पूर्व अध्यक्ष उनी युवा बौद्ध संघ र धर्मोदय सभाका सल्लाहकार थिए ।

पोखराका स्थापित व्यवसायी गुभाजु सरल, सहयोगी तथा सामाजिक व्यक्तिका रूपमा चिनिन्थे । स्व. कृष्णमानका श्रीमती, २ छोरा र १ छोरी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width