पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लाका लागि समाचार संकलन तथा प्रसारणका समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
बुधबार पर्वत, म्याग्दी र मुस्ताङका लागि स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले जानकारी दिए । पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको उपस्थितिमा महासचिव सुवेदी, गण्डकी प्रदेश सचिव यदुनाथ बञ्जारा र कोषाध्यक्ष राजेन्द्र न्यौपानेले स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् ।
पर्वत, म्याग्दी र मुस्ताङका लागि प्रदान गरिएका सामग्री पत्रकार महासंघ गण्डकीका निवर्तमान महासचिव गणेश पौडेल, महासंघ पर्वत शाखाका अध्यक्ष सन्तोष थापा र उपस्थित अन्य पत्रकारहरुलाई हस्तान्तरण गरिएको हो । उक्त अवसरमा महासंघ गण्डकीका सल्लाहकार समेत रहेका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले कोरोना संक्रमणको वर्तमान अवस्थामा फ्रन्टलाईनमा खट्ने पत्रकार जोखिममा रहेको बताए । स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्र्दै सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।
महासंघ गण्डकीलाई नेलम्बो नेपालबाट प्राप्त माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री र लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेबाट प्राप्त फेससिल्ड प्रदान गरिएको हो । महासंघ कास्की शाखासहित प्रदेशका सबै जिल्लामा आवश्यकताको आधारमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिने महासचिव सुवेदीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१