कारागारमा रहेका १४ नेपालीलाई आममाफी दिने कतारको घोषणा   

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
nepal-worker_in_qatar-

फाइल फोटो

काठमाडौं । रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीरुरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

आममाफी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन । कतार सरकारले विभिन्न अवसर पारेर त्यहाँस्थित कारागारमा रहेका नेपालीलाई आममाफी दिँदै आएको छ । दोहास्थित नेपाली दूतावासले नेपाली कैदीबन्दीको रिहाइका लागि कतार सरकारसमक्ष अनुरोध गरेको थियो । आममाफी पाएका नेपालीको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गरिने दूतावासले जनाएको छ ।

यसैबीच कतारले छिट्टै नयाँ नोट प्रचलनमा ल्याउने घोषणा गरेको उल्लेख गर्दै दूतावासले आफूसँग रहेका पुराना कतारी नोट तत्काल सटही गर्न त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ । कतारले २०२१ जुलाई १ देखि पुराना नोट चलनचल्तीमा ल्याउन नपाइने जनाएको छ । कतारले राष्ट्रिय दिवसको अवसर पारी २०२० डिसेम्बर १८ देखि पाँचौँ संस्करणको नयाँ कतारी रियालको नोट प्रचलनमा ल्याएको छ ।  रासस

Related News

सम्बन्धित समाचार

  • कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टको प्रमुख स्टोर पोखरामा सुरु भएको…
  • ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८१
    पोखरा । हाम्रो समाजमा एउटा उक्ति छ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ ज्येष्ठ नागरिक अनुभवका खानी हुन् ।…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…

hero news full width