धौलागिरी अस्पतालमा २ जनाको मृत्यु

राजेशचन्द्र राजभण्डारी
वैशाख २३, २०७८
dhaulagiri_hospital

बागलुङ । धौलागिरी अस्पताल बागलुङमा उपचारत २ जना पुरुषको मृत्यु भएको छ । १ जना कोरोना संक्रमित र एकजना शंकास्पद युवकको मृत्यु भएको हो ।

बागलुङ नगरपालिका–४ का ७८ बर्षीय पुरुषको बिहिबार बिहान अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख २० गते स्वास प्रस्वासमा समस्या भएर अस्पताल पुगेका उनको सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा मधुमेह, उच्च रक्तचाप लगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरे बताए ।

म्याग्दीको बेनी नगरपालिका–१ का ३३ बर्षिय पुरुषको बुधबार राती मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या आएर उनलाई सघन उपचार कक्षमा राखेर उपचार भैरहेको थियो ।

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width