गाउँलेले खोले कोभिड अस्पताल

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
annapurna gaupalika kobid hospital photo

हेमजा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ५ शैयाको कोभिड अस्पताल स्थापना गरिएको छ । ढिकुरपोखरीस्थित दिगो महिला विकास बचत तथा ऋण सहकारी संस्थाको भवनमा मंगलवारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा बिरामीको उपचारमा २ अनमी २४ औं घन्टा स्वास्थ्य उपचारका लागि खट्नेछन् ।

पालिकामा उपलब्ध स्वास्थ्यकर्मी र स्रोतसाधनको प्रयोग गरी अस्पताल निर्माण गरेको अध्यक्ष युवराज कुँवरले बताए । त्यस्तै अक्सिजन प्लान्ट लगायत थप साधनस्रोत जुटाउन पहल भइरहेको कुँवरको भनाइ छ ।

गाउँपालिकामा हाल कोरोनाका ७ सक्रिय संक्रमित छन् । उनीहरु होम आइसोलेनमा बसेका छन् । गाउँपालिकाका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले बढी मात्रामा अन्नपूर्ण वडा १ र २ मा संक्रमण फैलिएको बताए । पालिकाभर कुल १९ संक्रमितमध्ये १२ जना यसअघि नै निको भइसकेका छन् ।

गाउँपालिकाले पछिल्लो पटक कोरोना भाइरसविरुद्घ सचेतना अभियान तीव्र पारेको छ । सोबारे सूचना प्रकाशन गर्ने, वडास्तरमा सम्पर्क व्यक्ति खटाउने, घान्द्रुक, नयाँपुल र ढिकुरपोखरी आधार मानी उपचारका लागि जीपको व्यवस्था गर्ने प्रबन्ध पनि गरिएको छ ।

अन्य दीर्घरोगीका लागि पोखराबाट औषधी किनेर सम्बन्धित व्यक्तिको घरसम्म पु¥याइदिने व्यवस्था पनि गाउँपालिकाले मिलाएको छ ।

गाउँपालिका अध्यक्ष कुँवरले कोभिड–१९ भयानक रुपमा फैलिँदै गएकाले नागरिक आफै सचेत र जिम्मेवार बन्नुपर्ने बताउँछन् । सरकारको आशमा जनताको ज्यान समेत गुम्न सक्ने औैंल्याउँदै कुँवरले त्यसतर्फ बेलैमा चनाखो बन्न आग्रह पनि गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width