लमजुङ । सङ्घीय सरकार र जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को जोखिमका कारण शैक्षिक संस्था बन्द गर्न दिएको निर्देशनलाई यहाँका केही पालिकाले पालना गरेका छैनन् । केही विद्यालयले जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेका बेला पनि सङ्क्रमणलाई बेवास्ता गर्दै धमाधम परीक्षा सञ्चालन गरिरहेका छन् ।
जिल्लाका स्थानीय तहले अटेर गर्दा विद्यार्थी सङ्क्रमणको उच्च जोखिममा परेका बताइएको छ । कोरोनाकै कारण राइनास नगरपालिका– ७ गरमबेसीका ३९ वर्षीया एक महिलाको मृत्यु समेत भइसकेको छ । सङ्क्रमणमा वृद्धि हुन थालेपछि जिप्रकाले एक विज्ञप्ति निकालेर विद्यालयहरू बन्द गर्न निर्देश गरेपनि जिल्लाका सरकारी तथा नीजि विद्यालयले धमाधम परीक्षा सञ्चालन गरिरहेका छन् । जिल्लाका विद्यालयमा त सुरक्षा मापदण्ड नै पालना छ, न त वास्ता नै छ । बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भन्नुभयो, “पालिकाका विद्यालयमा धमाधम परीक्षा चलिरहेकाले सबै विद्यालयको परीक्षा सम्पन्न भएपछि मात्र विद्यालय बन्द गर्नेछौ ।”
केहीदिन अघि मात्र बेँसीशहरमा रहेको जनविकास माध्यमिक विद्यालयका ३० वर्षीया शिक्षिकालाई कोरोना पोजिटिभ देखिएको छ । शिक्षिकामा कोरोना देखिए पनि विद्यालयका शिक्षक र विद्यार्थीको भने कन्ट्रयाक्ट ट्रेसिङ नभएको बताइएको छ । सो विद्यालयमा समेत धमाधम परीक्षा सञ्चालन भइरहेको छ । विद्यार्थी सङक्रमणको जोखिम महशुस गर्दै डराइ डराइ हतार हतारमा परीक्षा दिँदै घर फर्किने गरेका बताइएको छ ।
जिल्लामा आठ स्थानीय तह रहेको छ । तीमध्ये दुधपोखरी, क्व्होलासोथर गाउँपालिका र मध्यनेपाल नगरपालिकाले सबै विद्यालय बन्द गरेपनि अन्य पाँच तहले वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । जिल्लाका बेँसीशहर, सुन्दरबजार, राइनास नगरपालिका र दोर्दी, मस्र्याङ्दी गाउँपालिकाले धमाधम सङ्घीय सरकार तथा प्रशासनको निर्देशनको पालना नगर्दै परीक्षा सञ्चालन गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जिल्लाको विद्यालय तथा परीक्षा बन्द गर्न डिसिसिएमसीको बैठकले निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सबै पालिका प्रमुखहरुलाई राखेर पनि विद्यालय बन्द गर्न निर्देशन दिएका थियौँ । उहाँहरुले पालना नगरी कोरोना सङक्रमणको जोखिमका बीच धमाधम परीक्षा सञ्चाालन गरिरहनुभएको छ ।” विद्यालय व्यवस्थापन सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहलाई भएकाले प्रशासनले अनुगमन मात्र गर्न सक्ने उहाँको भनाइ छ । जिल्लामा दैनिक ११ देखि २४ जनासम्ममा कोरोना पुष्टि हुन थालेको छ । रासस
–––
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१