लायन्स अन्तर्राष्ट्रियमा नेपाली भाषा

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
Lions news picture

काठमाडौं । लायन्स क्लब्स् अन्तर्राष्ट्रियले नेपाली भाषालाई पहिलोपटक अफिसियल भाषाका रूपमा चौथो स्थानमा मान्यता प्रदान गरेको छ । अबदेखि लायन्स अन्तर्राष्ट्रियको हेडक्वाटर अमेरिकाको मुख्य कार्यालयमा नेपाली भाषा पनि अफिसियल भाषा बन्ने भएको हो ।

अबको केही समयपछि लायन्स अन्तर्राष्ट्रियको वेबसाइटमा समेत नेपाली भाषा पढ्न पाइने र लायन्स म्यागेजिनमा पनि नेपाली भाषा समावेश हुने यो अभियानका अभियन्ता लायन्स अन्तर्राष्ट्रियका पूर्व इन्टरनेस्नल डाइरेक्टर लायन सन्जय खेतानले बताए ।

लायन्सप्रति नेपालीको बढ्दो सक्रिय सहभागिता, नेपाली लायन्सको सहयोग र सहकार्यको उच्च मूल्यांकन गर्दै समाजसेवामा विश्वमै अग्रस्थानमा रहेको लायन्स अन्तर्राष्ट्रियले नेपाली भाषालाई यसरी मान्यता दिएको खेतानले बताए । खेतान नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै लायन्सका कुशल लिडर मानिन्छन् । उनी लायन्स अन्तर्राष्ट्रियको डाइरेक्टर बन्न सफल पहिलो नेपाली हुन् ।

एलसिआइएफ एरिया लिडर तथा इन्टरनेशनल डाइरेक्टर इन्डोर्सी पदका उम्मेदवार बालकृष्ण बुर्लाकोटीले लायन्स अन्तर्राष्ट्रियले नेपाली भाषालाई मान्यता दिनु भनेको सम्पूर्ण नेपाली लायन्सले समाजसेवामा पु¥याएको योगदानको कदर हो भने ।

लायन्स मल्टिपल ३२५ नेपालका काउन्सिल चेयरपर्सन इन्द्र खत्री ‘राजन’, लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोक्का, लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका इलेक्ट डिष्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले लायन्समार्फत २ सय १० राष्ट्रमा नेपाली भाषाको प्रचार हुनु गौरवको विषय भएको बताउँछन् ।

Related News

सम्बन्धित समाचार

  • भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।…
  • रुपाताल संरक्षण परियोजना निर्माणमा जोड

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    लेखनाथ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले रुपाताल संरक्षण परियोजना निर्माणलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोखरा–३२…
  • काटिएका रुखका मुढा जफत

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । कोटीहोमका लागि भन्दै पोखराका वर्षौ पुराना वर, पीपल, शमी जातका रुखहरु काटेर थुपारिएका मुढाहरु पोखरा महानगरपालिकाले जफत गरेको…
  • नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । जन्मदिनमा हुने गरेका फजुल खर्च सामाजिक सेवामा लगाउनेहरु पनि समाजमा उत्तिकै छन् । ८५ वर्षीया एकजना ज्येष्ठ नागरिकले…
  • बालोदयमा इन्टेलेक्ट स्फेयर

    आदर्श समाज सम्वाददाता माघ २३, २०८१
    पोखरा । बालोदय मावि, बिरौटाको ३७ औं स्थापना दिवस अवसरमा दुइदिवसीय बालोदय इन्टेलेक्ट स्फेयर भएको छ । कार्यक्रममा स्टिममा आधारित…

hero news full width