कोरोनाले छेक्यो घलेगाउँ महोत्सव

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
Ghalegaun1

लमजुङ । नेपालकै स्मार्ट ग्रामीण पर्यटकीय भिलेज घलेगाउँमा कोभिड संक्रमणको दोस्रो लहरको कारण यो वर्ष पनि घलेगाउँ महोत्सव नहुने भएको छ ।

क्होेलासोँथार गाउँपालिका–३ स्थित घलेगाउँमा व्यावसायिक ग्रामीण पर्यटनको अवधारणा सुरु गरिएको वर्षगाँठको अवसरमा प्रत्येक वर्ष वैशाख २३ देखि २५ सम्म महोत्सव हुँदै आएको थियो ।

स्थानीय कला संस्कृति साथमा गाउँको प्रचारप्रसार गरी पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले २२ वर्षदेखि घलेगाउँमा ग्रामीण पर्यटन व्यवस्थापन समिति महोत्सव हुने गरेकोमा कोरोनाका कारण गत वर्ष झैं यस वर्ष पनि महोत्सव नगर्ने निर्णय गरिएको घलेगाउँमा ग्रामीण पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

घलेगाउँबाट देश विदेशमा छरिएर रहेका घलेगाउँवासी यसअघि सो महोत्सवकै अवसर पारेर दसैंतिहारमा झैं गाउँघर फर्कने गर्दथे । महोत्सव नहुने भएपछि यसपालि पनि उमंगको वातावरण छैन ।

महोत्सवकै अवसर पारेर विदेशिएकाहरु दसैंतिहारमा झैं गाउँघर फर्कने गर्दथे

घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समिति अध्यक्ष तथा क्होेलासोँथार गाउँपालिका अध्यक्ष प्रेम घलेका अनुसार नयाँ प्रकारको कोरोना भाइरस कारण अन्य जिल्लामा निषेज्ञाज्ञा समेत चलेको र लमजुङमा समेत भेला गोष्ठी, सभा र महोत्सव गरी भीडभाड हुने कार्यक्रम नगर्न प्रशासनले आग्रह गरेका कारण महोत्सव स्थगित गरिएको हो ।

२०५६ सालमा घलेगाउँमा जिल्लामै पहिलो पटक ग्रामीण पर्यटनको अवधारण ल्याइए तापनि २०५७ सालबाट होमस्टे सञ्चालनसँगै त्यस वर्षको वैशाख २३ देखि २५ सम्म पहिलो घलेगाउँ महोत्सव गरिएको ग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाउँका सचिव उमल विकले बताए । उनका अनुसार त्यसपछि हरेक वर्ष सोही समयमा घलेगाउँमा ३८ वटा घरमा व्यावसायिक होमस्टे सञ्चालनमा छन् भने २ वटा घरमा होटेल छन् । घलेगाउँमा घले गाउँवासीले पर्यटक आकर्षण गर्न सार्क भिलेज पर्यटन संग्रहालय स्थापना गर्नुका साथै चियाखेतीको बगैंचा निर्माण समेत गरिएको छ । संग्रहालय बनाएर चियाको बगैँचा निर्माणसँगै ती हेर्न पनि पर्यटकको आगमन बढ्न गएकोे छ ।

मासिक १७ देखि १८ सयसम्म र वार्षिक २१ हजारभन्दा धेरै पर्यटक आउने गाउँमा यो वर्ष भने भने पर्यटक आउन रोक लगाइएको थियो । कोरानाको संक्रमण न्यून भएसँगै स्वास्थ्यका मापदण्ड अपनाउँदै पर्यटक आवागमन खुला गरेको घलेगाउँले अब फेरि त्यसमा रोक लागउनु पर्ने स्थिति उत्पन्न भएको अध्यक्ष घलेले बताए ।

गाउँ घुम्न आउने पाहुनालाई स्थानीय गुरुङ संस्कृति देखाउनुका साथै व्यवस्थित होमस्टे सञ्चालन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width