पोखरा । लामो समयको खडेरीका कारण खेतीबाली सुक्न थालेपछि पोखरा महानगरपालिका ३३ भरतपोखरीका विभिन्न स्थानमा शनिबार समूहिक पूजा गरिएको छ ।
स्थानीय सिलिंगे चेतना महिला समूहको प्रमुख संकल्पमा यहाँका साविक भरतपोखरी गाविस का वडा नं ५ र ६ मा पर्ने चण्डी देउराली, कोटभैरव, नाउरुङ, व्यार्थोक र मैदानमा छुट्टाछुट्टै पूजा गरी पानी मागिएको समूहकी सचिव सीता केसी महतले जानकारी दिइन् । परापूर्व कालदेखि लामो समय खडेरी परेमा यहाँका यी शक्तिपीठहरूमा सामूहिक पूजाआजा, भजनकीर्तनसहित पानी माग्ने प्रचलन रहेको उनले बताइन् । पूजाआजासहित पानी मागेका अवस्थामा न्यूनतम १ हप्ताभित्रमा पानी पर्ने गरेको जनविश्वास कायमै रहेको छ ।
सामूहिक पूजाकै अवसर पारी स्थानीय विष्णु पौडेलले आफ्नी छोरी स्व. आरती पौडेलको स्मृतिमा चण्डी देउराली मन्दिरमा घन्टी प्रदान गरेको समूहकी अध्यक्ष कर्णकुमारी महतले जानकारी दिइन् । लामो समयदेखि पानी नपरेका कारण खेतबारी लगाइएको मकैलगायत अन्य तरकारी बाली सुक्न थालेपछि किसानहरू समस्यामा परेका छन् । खडेरीकै कारण वरपरका प्राकृतिक जलाशयमा समेत पानी सुक्दै जाँदा दैनिकी सञ्चालनमा समेत समस्या परेको स्थानीयको दुखेसो छ । यहाँका कोटभैरव, चण्डी देउरालीलगायत शक्तिपीठको अस्तित्व नेपालका बाइसे चौबीसे राजाका पालादेखि नै भएको मानिने भएकाले सामाूहिक पूजाआजासहित पानी माग्ने प्रचलन पनि त्यही समयदेखि नै भएको हुनसक्ने बूढापाका बताउँछन् ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१