आर्बा मौजा कुलायन मार्गमा शरदचन्द्र

आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
Arba

पोखरा । पोखरा १३ आर्बास्थित आर्बा मौजा कुलायन मार्ग सडक उपभोक्ता समितिको शनिबार भएको पाँचौं अधिवेशनले शरदचन्द्र बराललाई अध्यक्ष चयन गरेको छ ।

समितिको उपाध्यक्ष राधादेवी बराल (विद्या), सचिव विष्णुप्रसाद बराल, सहसचिव हरिबहादुर बराल र कोषाध्यक्ष रामदत्त बराल छन् । सदस्यहरु कृष्णप्रसाद बराल, कृष्ण अधिकारी, बिनबहादुर परियार, भोजराज बराल, बुद्धिबहादुर सिग्देल, वसन्तराज बराल, सिर्जना बराल र गणेश बराल छानिए ।

न्यायाधीश शंकरराज बरालले अधिवेशन उद्घाटनपछि आर्बामा बनेका सडकहरुमध्ये कुलायन मार्ग सडक अति छिटो र चामत्कारिक रुपमा बनेको स्मरण गर्दै यस्ता सडक निर्माण ले आर्बालीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

आर्बा मौजा कुलायन मार्ग सडक उपभोक्ता समितिका अध्यक्ष वसन्त शर्मा अधिकारीको अध्इक्षतामा भएको कार्यक्रममा समाजसेवी किशोरदत्त बराल, नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देललगायतले बोलेका थिए ।

समितिका कोषाध्यक्ष विष्णुप्रसाद बरालले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव शरदचन्द्र बरालले गरेका थिए ।

सो सडक आर्बाको साझादेखि अँधेरी डहरसम्म कालोपत्रे तथा ढलान र अँधेरी डहरदेखि पूर्व मोहरपानी, परियार टोल, ज्योतिषी थर हुँदै छापाको चौतारोसम्म कच्ची छ ।

Related News

सम्बन्धित समाचार

hero news full width