वालिङका उद्यमीलाई कृषि औजार

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७८
walling news

वालिङ । वालिङका उद्यमीलाई कृषि औजार वितरण गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत विभिन्न सामग्रीहरु वितरण गरिएको हो ।

कृषि औजार हस्तान्तरण गर्दै नगर उपप्रमुख कल्पना तिवारीले उत्पादन बढाउन र लागत कम गर्न कृषि औजार सहयोगी हुने बताए । उनले भने, अत्याधुनिक प्रविधिको प्रयोगले किसानको परिश्रममा कमी ल्याउनेमात्रै होइन, उत्पादकत्वसमेत बढ्छ ।

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कोभिडको प्रभावबाट बच्दै कृषि कर्ममा निरन्तर लाग्न किसानलाई सुझाए ।

कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता तिवारीले कोभिड प्रभावित किसान तथा उद्यमीलाई लक्षित गरी विभिन्न सामग्रीहरु प्रदान गरिएको बताए ।

कार्यक्रममा मिल्क एनालाइजर, मिनी थ्रेसर, अटोमेटिक मकै छोडाउने मेसिन, अत्याधुनिक चापकटर, ठेलागाडा, वाइपर गम्बुट सेट, वेडर लगायत सामग्री कृषि औजार तथा सामग्री वितरण गरिएको कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width