नवलपरासी । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लका दाजु चन्द्रविक्रम चन्द (वीरजंग) रिहा भएका छन् ।
जिल्ला अदालत पश्चिम नवलपरासीको आदेश पछि उनलाई रिहा गरिएको हो । अदालतले २५ हजार धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको भए पनि कागजी प्रक्रिया पूरा गर्न ढिलो हुँदा शुक्रबार रिहा भएका हुन् ।
केन्द्रीय सदस्य बाला थापाका अनुसार वीरजंग शुक्रबार जिल्ला अदालत पश्चिम नवलपरासीमा २५ हजार धरौटी बुझाएर रिहा भएका हुन् । उनी अहिले गृह जिल्ला कपिलवस्तु लागेका छन् ।
रिहाइपछि प्रतिक्रिया दिँदै नेकपाका केन्द्रीय सदस्य वीरजंगले अहिलेको व्यवस्थाबाट परिवर्तन सम्भव नभएकोले व्यवस्थानै परिवर्तन गर्नु आवश्यक रहेको बताए ।
उनले भने, ‘यो व्यवस्थाबाट परिवर्तन सम्भव छैन, दलाल संसदीय व्यवस्थालाई परास्त गर्न वैज्ञानिक समाजवादमा जानका लागि संघर्षको विकल्प छैन ।’
वीरजंगले संघर्षका लागि जनता संगठित गरेर जानुको विकल्प नभएको बताए । उनले भने, ‘यो राज्य सत्ताले कस्ता रवैया अपनाउँछ सोही अनुसारको संघर्ष गर्नु पर्ने हुन्छ । त्यो जस्तो सुकै पनि हुन सक्छ ।’ उनले आफ्नो पार्टीले पुन हतियार उठाउन सक्ने संकेत समेत गरे ।
२०७६ असोजमा गिरफ्तार परेका उनलाई दाङमा १० महिना, काभ्रेमा १ महिना, भोजपुरमा १ महिना, संखुवासभामा १७ दिन, सुनसरीमा १९ दिन, ललितपुरमा १३ दिन, काठमाडौंमा २ दिन, पश्चिम नवलपरासीमा ८ दिन गरी त्यस पछि चितवन कारागार राखिएको थियो ।
जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भनेर उनलाई २०७७ असोज २८ गते चितवन कारागारमा राखिएकोे थियो ।
अघिल्लोपटक कोभिडसमेत भएर कमजोर बनेका वीरजंगलाई घाँटी र पेटमा समेत समस्या आएको थियो ।
वीरगञ्ज आफू काराकारमा रहँदा आस्थाको बन्दी सरह व्यवहार भएको र कुनै यातना नदिइएको समेत बताए । उनी बम विस्फोटको मुद्दामा कारागार चलान भएका थिए ।
सरकार र नेकपा विप्लव समूहबीच शान्तिपूर्ण राजनीतिमा आउने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका नेता कार्यकर्ताहरु छुट्ने क्रम जारी छ ।
यसअघि वीरजंगलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन रुपन्देही जिल्ला अदालतले २१ दिने सूचना जारी गरेको थियो ।
संक्षिप्त कुराकानी
रिहा हुनु भयो, काराकारमा रहँदा कस्तो व्यवहार पाउनु भयो ?
– राजनीतिक आस्थाका बन्दी सरह व्यवहार भएको थियो । कुनै यातना दिइएन ।
अबको राजनीतिक लडाइँ के हुन्छ ?
– यही व्यवस्थाबाट देशमा कुनै परिवर्तन आउने वाला छैन । त्यसैले दलाल संसदीय व्यवस्थालाई परास्त गरेर वैज्ञानिक समाजवाद तर्फ उन्मुख हुनुपर्छ । त्यही नै हो अबको बाटो पनि ।
त्यो परिवर्तन ल्याउनका लागि अपनाइने बाटो कस्तो हुन्छ ?
– संघर्षकै बाटो हो । चुनावमा गएर यो व्यवस्था परिवर्तन गर्न सम्भव छैन । जनतालाई संगठित गरेर संघर्षमा नै जानु पर्छ ।
संघर्ष कस्तो खाले हुन्छ रु फेरि पनि हतियार उठ्छ कि ?
– यो राज्य सत्ताले कस्तो रवैया अपनाउँछ त्यस्तै खाले हुन्छ संघर्ष । देशका ऊर्जाशील युवा शक्ति विदेश पलाएन भएका छन् । देशमा भएका युवाहरु जेलमा छन् । कोरोनाको विकराल अवस्थामा राज्यले कुनै उचित कदम चल्न सकेको छैन । यि सबै कुरा हेर्दा पनि थाहा हुन्छ । यो व्यवस्थाबाट परिवर्तन सम्भव छैन । त्यसैले संघर्ष जस्तो पनि हुन सक्छ । राज्यको रवैयामा भर पर्छ ।
भनेपछि हतियार पनि उठ्न सक्छ ?
– उठ्न सक्छ । राज्यले गर्ने व्यवहार र रबैयामा भर पर्छ ।
Related News
सम्बन्धित समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१