स्याङ्जाका द्वन्द्वपीडित ८ जनालाई परिचयपत्र

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७८
Identy Card

स्याङ्जा । सत्य निरुपण तथा मेलामिलाप आयोगले ८ जनालाई परिचयपत्र हस्तान्तरण गरेको छ । आयोगका सदस्य मनु दाहालसहितको टोली स्याङ्जा आएर पहिलो पटक परिचयपत्र हस्तान्तरण गरेको छ ।

१० वर्षे जनआन्दोलनका क्रममा राज्यपक्ष र तत्कालीन विद्रोही पक्ष माओवादीबाट प्रताडित परिवार तथा व्यक्तिमध्ये उनीहरुलाई परिचयपत्र प्रदान गरिएको हो ।
परिचयपत्र पाउनेमा अप्सरा श्रेष्ठ, सुमित्रा विक, पोतबहादुर विक, रामनाथ शर्मा, तारापति सुवेदी, कृष्णप्रसाद पाठक, शान्ति पाठक र हस्तबहादुर गुरुङ छन् ।
उनीहरुलाई आयोग सदस्य दाहालसहित पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले परिचयपत्र हस्तान्तरण गरेका हुन् ।

परिचयपत्र प्रदान गर्दे सदस्य दाहालले २०५२ फागुन १ देखि २०६३ मंसिर ५ गतेसम्म मुलुकभरका झण्डै ६४ हजार उजुरी रहेको बताइन् । तीमध्ये ३७ हजार प्रारम्भिक छनोटमा परेकामध्ये ७ सय ४७ का समाधान भएको पनि उनले बताइन् । आयोगका क्षेत्राधिकारबाहिरका तामेलीमा राखिएको उनको भनाइ छ ।

स्याङ्जाका ३ सय ९३ उजुरीमध्ये १ सय ३४ प्रारम्भिक छनोटमा परेकाको बुझ्ने काम भइरहेको जानकारी गराइन् ।

कार्यक्रममा नगरप्रमुख क्षेत्री, प्रमुख जिल्ला अधिकारी नेपाल, उपन्यायाधिवक्ता सुशीला ज्ञवाली लगायतले रणनीतिक परिवर्तनका लागि ज्यान गुमाएका, घाइते तथा प्रभावित परिवारका मर्का राज्यले बुझेर छिट्टै परिपूरणमा ढिलाइ गर्न नहुनेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width