पोखरा । बजार अनुगमनका क्रममा आइतबार पोखराका ८ व्यावसायिक फर्मलाई कारबाही गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट आएको निर्देशकसहितको टोलीले नियम विपरीत कार्य गर्ने पोखरा महानगरभित्रका ८ व्यावसायिक फर्मबाट साढे ५ लाख जरिवाना गराएको हो ।
टोलीले अनुगमन गर्ने क्रममा कानुन विपरीत कार्य गरेको भेटेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम ती फर्मलाई जरिवाना तोकिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । अनुगमनका क्रममा सामान्य कमजोरी भएकालाई तत्काल सुधार गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ ।
पोखरा महानगरपालिका क्षेत्रभित्रका प्रशोधित खानेपानी उत्पादक, निर्माण सामग्री बिक्रेता, औषधी बिक्रेता, बेकरी उद्योग, फ्रेस हाउससमेतका केही उद्योग प्रतिष्ठानमा अनुगमन गरिएको थियो । ती प्रतिष्ठानहरुमा बिल बिजक जारी नगरेको, उपभोग्य म्याद नाघेको वस्तु बिक्रीमा राखेको, कानुन बमोजिम दर्ता नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको भेटिएको थियो ।
अनुगमनमा केन्द्रबाट आएको टोलीसहित जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय पोखरा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पोखरा एवं राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिको संलग्नता थियो ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१