म्याग्दी । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले निकट भविस्यमै नयाँ सरकार गठन हुने बताएकी छन् । नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाका विकल्प नभएको डा. संग्रौलाको भनाई छ ।
शनिबार म्याग्दीको सदरमुकाम बेनीमा प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी संग्रौलाले प्रधानमन्त्री ओली पाटीभित्रबाटै असुरक्षित रहेकाले कर्णाली प्रदेशको नतिजा संघीय प्रदेशमा समेत सामाना गर्नुपर्ने अवस्थामा पुगेको
बताइन् ।
नैतिकताको आधारमा राजिनामा दिएर निकास दिनुपर्छ । कर्णालीको घटनाले संघीय समाजवादीले पनि उहाँको साथ छोड्ने अवस्था देखिएको बताउँदै प्रधानमन्त्रीले राजिनामा दिएर देशलाई संकटमा फस्नबाट जोगाउनुपर्ने उनको भनाई छ ।
कर्णालीपछि गण्डकी प्रदेश हुदै देशैभर प्रधानमन्त्री ओली बिरुद्धको अभियान सुरु भएको बताउँदै प्रतिनिधिसभा विघटन बिरुद्ध आवाज उठाउने एकजुट भएको बताइन् । प्रधानमन्त्री ओलीले न्युनतम नैतिकता समेत नदेखाएको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमात्रै नभई अन्य साना दलहरुले समेत राजनीतिको मुल्यमान्यताको ख्याल गदैं कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने नेत्रृ संग्रौलाको भनाई छ ।
नेकपा एमालेको नेतृत्वमा रहेको सरकारको न्युनतम रुपमा राजनीतिमा हुनुपर्ने मुल्य, मान्यता, नैतिकता समेत नभएको दावी समेत गरिन । राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दलहरु लागेर अगाडी बढ्नुपर्छ अवस्थामा सत्तामा केन्द्रित नभई संविधानको रक्षाका लागि साझा धारणा बनाउनुपर्नेमा जोड छ ।
नेपाली कांग्रेसकी छायाँ सरकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डा डिला संगौलाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई दिगो भन्दा पनि कार्यकर्ता पाल्न उद्धत रहेको आरोप समेत बताइन् । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीमा उपसभापति माधवप्रसाद रेग्मी, महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन लगायतको उपस्थिती रहेको थियो ।
Related News
सम्बन्धित समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१