प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिनुपर्छ : डा. संग्रौला

sadhanramjali साधन राम्जाली
वैशाख ४, २०७८
dina

म्याग्दी । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले निकट भविस्यमै नयाँ सरकार गठन हुने बताएकी छन् । नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाका विकल्प नभएको डा. संग्रौलाको भनाई छ ।

शनिबार म्याग्दीको सदरमुकाम बेनीमा प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी संग्रौलाले प्रधानमन्त्री ओली पाटीभित्रबाटै असुरक्षित रहेकाले कर्णाली प्रदेशको नतिजा संघीय प्रदेशमा समेत सामाना गर्नुपर्ने अवस्थामा पुगेको
बताइन् ।

नैतिकताको आधारमा राजिनामा दिएर निकास दिनुपर्छ । कर्णालीको घटनाले संघीय समाजवादीले पनि उहाँको साथ छोड्ने अवस्था देखिएको बताउँदै प्रधानमन्त्रीले राजिनामा दिएर देशलाई संकटमा फस्नबाट जोगाउनुपर्ने उनको भनाई छ ।

कर्णालीपछि गण्डकी प्रदेश हुदै देशैभर प्रधानमन्त्री ओली बिरुद्धको अभियान सुरु भएको बताउँदै प्रतिनिधिसभा विघटन बिरुद्ध आवाज उठाउने एकजुट भएको बताइन् । प्रधानमन्त्री ओलीले न्युनतम नैतिकता समेत नदेखाएको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमात्रै नभई अन्य साना दलहरुले समेत राजनीतिको मुल्यमान्यताको ख्याल गदैं कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग गर्नुपर्ने नेत्रृ संग्रौलाको भनाई छ ।

नेकपा एमालेको नेतृत्वमा रहेको सरकारको न्युनतम रुपमा राजनीतिमा हुनुपर्ने मुल्य, मान्यता, नैतिकता समेत नभएको दावी समेत गरिन । राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दलहरु लागेर अगाडी बढ्नुपर्छ अवस्थामा सत्तामा केन्द्रित नभई संविधानको रक्षाका लागि साझा धारणा बनाउनुपर्नेमा जोड छ ।

नेपाली कांग्रेसकी छायाँ सरकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डा डिला संगौलाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई दिगो भन्दा पनि कार्यकर्ता पाल्न उद्धत रहेको आरोप समेत बताइन् । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीमा उपसभापति माधवप्रसाद रेग्मी, महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन लगायतको उपस्थिती रहेको थियो ।

Related News

सम्बन्धित समाचार

    • जसपा संसदीय दलको नेता राजेन्द्र महतो चयन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा।  जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन्। सांसद प्रमोद साहले दलको नेतामा महतोलाई चयन…
    • ओलीको क्याबिनेटमा सबै पुरानै मन्त्री

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रीलाई नियुक्त गरेर मन्त्रीमण्डल गठन गरेका छन् । माओवादी त्यागेर एमालेमा आएका…
    • ओलीपछि ईश्वर पोखरेलले लिए सपथ

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएलगत्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष…
    • प्रधानमन्त्री ओलीले लिए सपथ

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा भर्खरै आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले…
    • केन्द्रको सहमतिले सुदूरपश्चिम प्रदेश सरकार धरापमा

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      पोखरा । नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकार धरापमा परेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र…

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads