पोखरा । कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाको निर्माण कार्यले तिब्रता पाएको छ । सो क्षेत्रका प्रदेश सभा सदस्य, प्राविधिक तथा उपभोक्ता समितिको सामूहिक प्रयासका कारण निर्माण कार्यले तिब्रता पाएको हो ।
गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा र प्रदेश सभा सदस्य कृष्णबहादुर थापाबाट संयुक्तरुपमा सञ्चालित २ करोड रुपैयाँका विभिन्न २४ वटा योजनामध्ये ५० प्रतिशतको निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य योजनाको निर्माण अन्तिम चरणमा पुगेका छ ।
पोखरा महानगरपालिकाका ७, १५, १७, २१ र ३३ गरी ५ वटा वडा रहेको उक्त निर्वाचन क्षेत्र अन्तर्गत सबैभन्दा बढी सडक निर्माणमा ८७ लाख, सिँचाईतर्पm २५ लाख, भवन निर्माणमा ३० लाख, पार्क निर्माण १८ लाख रुपैयाँ र बाँकी विभिन्न विद्यालय एवं सामुदायिक भवनमा शौचालय निर्माण, सुरक्षाका लागि तारजाली लगायतका योजना छनोट गरि रकम विनियोजन गरिएको थियो ।
उपसभामुख शर्मा, प्रदेश सभा सदस्य थापा, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी सहितको १ टोलीले उक्त निर्माण कार्यको स्थलगत निरीक्षण गरेको गरेको थियो । टोलीले पोखरा ७ स्थित सुन्दरमार्ग बाटो ढलान तथा ढल निर्माण, घारीपाटन बाटो निर्माण,गहते पार्क तारवार, श्रीकृष्ण माविमा भौतिक निर्माण, पोखरा १५ एसओएस बालग्राम बहुदेश्यीय भवन निर्माण, शिवमन्दिरदेखि होटल फूलबारी जाने बाटोको निरीक्षण गरेको हो ।
त्यसैगरी वडा नम्बर १७ स्थित फेवाताल किनारास्थित डेमसाइड पार्क फेवाताल छेउ तारबार सहित फुडट्याक, ढुङ्गेसाँघु सितापाईला आमा समुह भवन, पोखरा २१ र ३३ का प्राथमिक स्वास्थ्यचौकी कृष्ति, संगमचोक महबारी ढलान बाटो, जिब्रे ढुंगा र मालागिरी सामुदायिक भवन लगायत १३ वटा योजनाको स्थलगत निरीक्षण गरी विकास निर्माणका वारेमा जानकारी लिएको हो ।
निरीक्षण पश्चात उपसभामुख सिर्जना शर्माले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको सानो रकमले विकास निर्माणमा स्थानीयवासिन्दालाई उत्साहित तुल्याएको धारणा राखिन् । टोल छिमेकका आवश्यकता पहिचान गरी छनोट गरिएका योजना बढी उपयोगी एव प्रभावकारी हुने उनको विश्वास छ । प्रदेश सभा सदस्य कृष्णबहादुर थापाले कार्यक्रमको २ करोड रुपैयाँले स्थानीय सहभागितामा ५ करोड भन्दा बढीको विकास निर्माण कार्य भइरहेको बताए ।
Related News
सम्बन्धित समाचार
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
ज्येष्ठ नागरिक समाजबाट सम्मान
प्रेस चौतारीबाट पत्रकार पौडेल र गुरुङ सम्मानित
सल्युट गोर्खाको रक्तदान
लमजुङमा पात बजाउने प्रतियोगिता, महिलाले मच्चाए तहल्का
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१