एनटिएचएमसीमा सेफ कम्पिटिसन

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७८
nthmc (2)

पोखरा । नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी), पोखराले पहिलो पटक एनटिएचएमसी सेफ कम्पिटेसन आयोजना गरेको छ ।

बिबिसी मास्टर सेफ उपविजेता सन्तोष साहको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा कृतिका गौचन प्रथम, साजन गुरुङ दोस्रो र विमला नेपाली तेस्रो भए । निर्णायकमा साहसहित कलेज प्रिन्सिपल प्रकाश रेग्मी, सेफ लक्ष्मण भण्डारी र सेफ राजकुमार कार्की थिए ।

कार्यक्रममा कलेज अध्यक्ष अशोक पालिखेले नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेजले नेपालको मात्रै नभइ विश्वकै चर्चित मास्टर सेफ सन्तोष साहलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

कलेज प्रिन्सिपल प्रकाश रेग्मीले विद्यार्थीको लागि यो ठूलो अवसर भएको र बिएचएम दोस्रो, चौथो र छैटांै सेमेस्टरका १८ जनाबाट पहिलो चरणमा छानिन सफल भएको जानकारी दिए ।

कलेजका सेफ राजकुमार कार्कीले प्रतियोगिताको नियमबारे प्रष्ट पारेका थिए ।

विद्यार्थीको जिज्ञासा समाधान गर्ने क्रममा ‘मास्टर सेफसँग टल्क सो’ समेत भएको थियो । टक सो कार्यक्रम विद्यार्थी सोनिका श्रीस र प्रतीक गुरुङले सञ्चालन गरेका थिए । सो अवसरमा ‘वेल्कम सेफ सन्तोस साह’ लेखिएको ६ फिट लामो केक काटिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width