दोलखामा जिप दुर्घटना, ४ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र ३१, २०७७
accident

पाेखरा ।  दोलखामा साेमबार राति जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। बिगु गाउँपालिका–४, सिँगटीमा भएको दुर्घटनामा अन्य १७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा बिगु–३, सिंगटीका ४५ वर्षीया अजिता खत्री, ३५ वर्षीय विनोद केसी, २४ वर्षीया चन्दिका थापा र ५२ वर्षीया राधा खड्का रहेको दोलखा प्रहरीले जनाएको छ। घाइतेमध्ये गम्भीर अवस्थाका १० जनाको काठमाडौंमा र अन्यको चरिकोट तथा धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

सिंगटीबाट लादुकतर्फ लागेको बागमती प्रदेश ०१(०२३ च ७५८० नम्बरको जीप सोमबार राति साढे १० बजे दुर्घटना भएको हो। जीप सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width