अन्नपूर्णमा विवेकशील साझा

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७७
Bibeksil

पोखरा । विवेकशील साझा पार्टी कास्कीले अन्नपूर्ण गाउँपालिकामा पशुपति दाहालको संयोजकसहित १३ सदस्यीय गाउँपालिका समिति गठन गरेको छ । गाउँपालिका समितिको सहसंयोजकमा सुरेन्द्रबहादुर कुँवर छन् । सदस्यहरू नेत्र अधिकारी, कृष्णप्रसाद दाहाल, कृष्ण अधिकारी, नारायणप्रसाद भण्डारी, अमृत पौडेल, बालकृष्ण अधिकारी, दीपकराज अधिकारी, निर्मल कुँवर, सरोज तिवारी, गणेशबहादुर नेपाली, शिवप्रसाद भण्डारी छन् ।

विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक महेश भण्डारीले विवेकशील साझा पार्टी सहर र नगरमा मात्रै होइन, गाउँ–गाउँमा फैलदै गरेको बताए ।

कार्यक्रममा नवघोषित संयोजक पशुपति दाहालले अन्नपूर्ण गाउँपालिकाका ११ वटै वडामा अब चाँडै नै कमिटी गठन गर्ने सुनाए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी सहसंयोजक जमुना शर्मा, केन्द्रीय सदस्य रजनी केसी, केन्द्रीय सदस्य रजनी केसी अधिकारी, केन्द्रीय सदस्य तथा विवेकशील साझा युवा संगठनका महासचिव सरोज गौतम, कास्की जिल्ला संयोजक फणीन्द्र अधिकारी, जिल्ला सहसंयोजक जयन्ती मोक्तान, पोखरा महानगर संयोजक अजय श्रेष्ठ, कास्की जिल्ला सदस्य सोमनाथ ढुंगाना लगायतले बोलेका थिए ।

यसअघि पार्टीले गण्डकी प्रदेशका आधा दर्जनभन्दा बढी जिल्लामा समायोजन तथा बिस्तार गरेको थियो । पोखरा महानगरका बाँकी सबै वडामा समिति गठन गर्ने तयारीमा रहेको विवेकशील साझा पार्टी पोखरा महानगरका संयोजक अजय श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width