माओवादीका ४ सदस्यको पद रिक्त

rss रासस
चैत्र २६, २०७७
1534762353Samsad-meeting-baneshore

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य रहनुभएका चार सदस्यको पद रिक्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहनुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराउनुभयो । उहाँहरु राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ ९१० बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads