पोखरा । नेपाली अग्रज खेलाडीको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपाल वार्षिक योजनासहित छलफल अघि बढाएको छ ।
मञ्चको शनिबार पोखरामा भएको पूर्ण बैठकले आगामी १६ औं संस्करणको पोखरा म्याराथनको तयारी तथा पोखरा म्याराथनलाई विश्वका दौडहरु छाता संस्था एम्समा दर्ता गर्नेबारे छलफल भएको हो ।
मञ्चले पोखरा म्याराथनलाई विश्वव्यापी बनाउन सन् २०२४ मा दर्ता गर्न आफ्नो वेबसाइट र मोबाइल एप्सलाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने मा जोड दिइएकोे मञ्च अध्यक्ष तथा गण्डकी प्रदेश खेलकद परिषदका सदस्य सचिव तेज गुरुङले बताए ।
बैठकमा १६ औं सस्करणको पोखरा म्याराथनलाई भव्य बनाउने र पुरस्कार राशिसमेत बढाउने विषयमा छलफल भएको अध्यक्ष गुरुङले जानकारी दिए । उनले भने,‘हामी १६ औं संस्करण भव्य बनाउन र अन्तर्राष्ट्रिय धावकसमेतलाई आकर्षण बढाउन पुरस्कार राशि थप्ने विषयमा गहन गहन छलफल भएको छ ।’ बैठकले पोखरा म्याराथनसँगै आयोजना हुने महिला हाफ म्याराथन, १० किमी महिला–पुरुष दौड, छात्र–छात्रा ५ किमी दौड तथा दृष्टिविहीन र ह्विल चियर महिला पुरुष दौडलाई अझै परिष्कृत र भव्य बनाउने तयारीबारे छलफल गरेकेको छ ।
बैठकले अध्यक्ष गुरुङलाई गण्डकी प्रदेश खेलकुद परिषदको गरिमामय पदमा नियुक्त गरेकोमा गण्डकी प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै सफल कार्यकालको लागि बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
बैठकमा मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष हरिप्रसाद पराजुली, द्वितीय उपाध्यक्ष दिलबहादुर गुरुङ, महासचिव खेम गुरुङ, सचिव कृष्ण तिमिल्सिना लगायत कार्यसमिति सदस्यले मञ्चको वार्षिक योजना तर्जुमा सँगै आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सिजनको २ ‘एल क्लासिको’ रियलले जित्यो
आहारारा गोल्ड कप संकटालाई
अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने
सहारा अक्षयकोषमा सहयोग
सकियो एकल टेबल टेनिस
hero news full width
मुख्य समाचार
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७