पोखरा । युनाइटेड इदी मर्दी एन्ड आरवि हाइड्रोपावर लिमिटेड माथिल्लो मर्दी खोला जलविद्युत आयोजनाको ११ औं वार्षिक साधारण सभा शुक्रबार पोखरामा भएको छ । सभाले हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष प्रकाश केसीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अध्यक्ष केसीले कम्पनीको अधिकृत पुँजी ६० करोड र जारी पुँजी ४२ करोड तथा चुक्तापुँजी ४२ करोड भएको जानकारी दिए । मर्दी खोलास्थित मर्दी खोला जलविद्युत आयोजनाबाट उत्पादित ७ मेघावाट विद्युत् गत सालको असोजदेखि राष्ट्रिय ग्रिडमा जोडिएको केसीले उल्लेख गरे ।
साधारण सभाको उद्घाटनपछि माछापुच्छ्रे गाउँपालिकाका समाजसेवी दलबहादुर गुरुङले आफ्नै गाउँमा बनेको हाइड्रो कम्पनीले नेपाल सरकारको ‘सुखी नेपाली, समृद्ध नेपालको’ नारा पूरा गर्न सहयोग पु¥याउने बताए । जलविद्युत् योजना सफल पार्न स्थानीयले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।
हाइड्रोपावर सञ्चालक किरण केसीले हाइड्रोका संस्थापक आफ्ना पिता स्व. सूर्यबहादुर केसीलाई स्मरण गर्दै उनको एउटा सपना साकारतर्फ अघि बढेको बताए । ‘उहाँमा एउटा दूरदर्शिता थियो, हाइड्रो, बैंकिङ क्षेत्र, उद्योगमा पछिसम्मको सम्भावना देख्न सक्ने हुनुहुन्थ्यो, अहिले उहाँ नभए पनि उहाँको सोंचलाई जीवन्त राख्न आफूले भरपुर कोसिस गर्छु,’ सञ्चालक केसीले बताए ।
सञ्चालक सुनील नारायण श्रेष्ठले हाइड्रोमा सम्भावना र चुनौती दुवै भएकाले निरन्तर लागिरहे सफलता मिल्ने बताए ।
माछापुच्छ्रे ९ का अध्यक्ष दुर्गाबहादुर क्षेत्रीले हाइड्रोपावरले गाउँलाई समृद्धिको बाटोतर्फ लगेको बताए ।
सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट किशोरी कार्कीलाई सञ्चालक समिति सदस्यमा मनोनयन गरेको छ । कम्पनीका सचिव निरज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक रोशन केसी, सञ्चालक विश्व प्रकाश गौतम, हाइड्रोपावरका सेयरधनी तथा साधारण सदस्य सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१