पोखरा । नेकपा एमालेको माधव नेपाल समूहले कास्कीमा समानान्तर कमिटी गठन भएको छ ।
नेता धनराज आचार्य अध्यक्ष रहने गरी बिहीबार ७५ सदस्यीय समानान्तर समिति गठन भएको हो ।
नेता माधव नेपाल र सुरेन्द्र पाण्डेकाे उपस्थितिमा उनलाई अध्यक्ष चयन गरिएको हो । सचिवमा होमबहादुर नेपाली चयन भएका छन् ।
आचार्य पिएन क्याम्पसका पूर्व स्ववियु सभापति हुन् । रवीन्द्र अधिकारीका सहपाठी उनी रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् ।
रवीन्द्र पत्नी विद्या भट्टराई उपचुनाव लड्दा धनराज चुनावी कमान्डर थिए ।
पार्टीले नेता नेपालसहित भीम रावललाई निलम्बन गरेपछि नेपाल पोखरा आएर मुुलुकभरमै पहिलो जिल्लामा कमिटी गठन गरेका हुन् ।
पोखराको न्युरोडस्थित सिटी स्कायर बैंक्युटमा बिहीबार अगुवा कार्यकर्ता भेला भएको थियो । ओली समूहको पकड मानिएको गण्डकी प्रदेशबाटै माधव नेपालले अभियान थाल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गण्डकीका ११ जिल्लामध्ये बागलुङ र गोर्खामा मात्रै ओली समूह कमजोर छ । ६० सदस्यीय प्रदेश सभामा एमालेको २७ सिटमध्ये नेपाल समूहका १ जनामात्र सांसद छन् । बागलुङका इन्द्रलाल सापकोटा नेपाल समूहका एक्ला सांसद हुन् ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१