पोखरा । अप्रिल महिनामा यूरोपका ठूला क्लबहरुको भिडन्त हुने भएको छ । यूरोपियन च्याम्पियन्स लिग र विभिन्न देशका घरेलु लिगमा ती क्लबहरुको महाभिडन्त हुने निश्चित छ ।
च्याम्पियन्स लिगमा गत सिजनको फाइनालिस्ट क्लब वायर्न म्युनिख र पिएसजी खेल्ने छन् । गत सिजन पिएसजीलाई हराउँदै वार्यनले उपाधि जितेको थियो । पिएसजी नेमार र एमबाप्पेसहितको फ्रान्सको घरेलु लिग ‘लिग वान’ को लिडर हो । यूरोपियन च्याम्पियन बन्ने दौडमा क्वाटर फाइनल खेल अप्रिल ८ मा पहिलो लेग र अप्रिल १३ मा दोश्रो लेग भिड्ने छन् ।
त्यस्तै च्याम्पियन्स लिगकै दौडमा क्वाटर फाइनलको पहिलो खेल म्याचेस्टर सिटी र डर्टमण्ट अप्रिल ७ मा खेल्नेछन् । पेप ग्वार्डिवाला प्रशिक्षित सिटी र युवा स्टार हल्याण्डको साथमा डर्टमण्डले अप्रिल १५ मा दोश्रो खेल खेल्ने छ ।
च्याम्पियन्स लिगकै लगातार प्रतिस्पर्धी रियल मड्रिड र लिभरपुल पनि अप्रिल ७ मै पहिलो खेल र अप्रिल १५ मा दोश्रो खेल खेल्दै छ । २०१७/१८ को च्याम्पियन्स लिगमा मड्रिडसँग पराजित हुँदा लिभरपुलले ट्रफी गुमाएको थियो भने २०१८/१९ मा टोटनह्यामलाई हराउँदै यूरोपियन च्याम्पियन बनेको थियो ।
च्याम्पियन्स लिगमै अप्रिल ८ र १४ चेल्सी र पोर्टाे पनि खेल्दै छ ।
त्यस्तै स्पेनिस् घरेलु लिगको सर्वाधिक प्रतिस्पर्धात्मक खेल एल क्लासिको अप्रिल ११ मा हुँदैछ । उपाधिकै निर्णायकका रुपमा रहेको यस खेलमा बार्सिलोना रियल मड्रिडको घरेलु मैदानमा उत्रिने छ । यसअघि अक्टोबर २४ मा क्याम्प नोउमा भएको खेलम रियलले ३–१ को जित निकालेको थियो ।
Related News
सम्बन्धित समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
अली मियाँ फुटबल जारी
आहा रारामा ११ टिम टुंगो
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१