पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालसँग अन्तक्र्रिया गरेको छ ।
पोखरामा भएको अन्तक्र्रियाले अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका नेपालीको अवस्था, नेपाली विद्यार्थीले अष्ट्रेलिया पुगेपछि भोग्नुपर्ने समस्या, नेपाल र कोभिड १९ का कारण पछिल्लो १ वर्षदेखि स्थगित अस्टे«ेलियाको अन्तर्राष्ट्रिय उडान लगायतका विषयमा राजदूत दाहालले प्रष्ट्याए ।
राजदूत दाहालले अन्तर्राष्ट्रिय शिक्षामा परामर्श व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए । अष्ट्रेलियाका कलेज विश्वविद्यालयले पनि परामर्श व्यवसायीलाई विश्वास गर्ने कारणले सोहीअनुसार नेपालमा रहेका परामर्श व्यवसायीले पनि नेपाली विद्यार्थी तथा अविभावकलाई सही परामर्श दिनुपर्नेमा जोड दिए ।
ट्रेड कमिसन सर्भिस क्यानाडाका नेपालका लागि ट्रेड एडभाइजर तथा इक्यानका पूर्व प्रथम उपाध्यक्ष द्विराज शर्माले नेपाली विद्यार्थीको अष्ट्रेलियाको अर्थतन्त्रमा योगदान रहेको बताउँदै नेपाली विद्यार्थीले असल र मिहेनेती विद्यार्थीको परिचय बनाएको उल्लेख गरे ।
नेपाली विद्यार्थीको प्रमुख गन्तव्य अष्ट्रेलियामा हाल १ लाख नेपाली छन् । जसमध्ये करिब ६० हजार विद्याथी अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा अध्ययन गरिरहेका छन् ।
इक्यान कास्कीका अध्यक्ष इविन्द्र तिवारीको अध्यक्षतामा भएको अन्तक्र्रियामा निवर्तमान अध्यक्ष भुवन क्षेत्रीले स्वागत गरे । कार्यक्रम सञ्चालन सचिव सन्तोष शाहीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय
पोखराका स्कुलमा वैशाखभित्रै परीक्षा सक्नुपर्ने
पोविवि राजिस्ट्रारमा डा दीपक भण्डारी
hero news full width
मुख्य समाचार
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
वैशाख ६, २०७८संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
वैशाख ६, २०७८