पोखरा । प्रगति टोल विकास संस्था, पोखरा ११ फूलबारीको अध्यक्षमा शर्मिला सिग्देल निर्वाचित भएकी छन् । शनिबार पोखरामा भएको ७ औं अधिवेशन तथा ११ औं वािर्षक साधारणसभाबाट उपाध्यक्षमा डाल्डादेवी भुजेल, सचिवमा उर्मिला ठकुरी, सहसचिवमा सावित्री पौडेल घिमिरे, कोषाध्यक्षमा गंगामाया गुरुङ र सहकोषाध्यमा गुप्ती गुरुङ निर्वाचित भए ।
सदस्यमा लक्ष्मी अधिकारी, मुना पौडेल, पूजालक्ष्मी लामिछाने, विद्या अधिकारी, पार्वती पौडेल, रविना गिरी र कोपिला कँडेल निर्वाचित भए । निर्वाचनका लागि संस्थाका सल्लाहकार केशवप्रसाद अमगाईं संयोजकत्वमा समिति गठन भएको थियो । समितिमा कमल सुवेदी र भरत कोइराला सदस्य थिए । पदाधिकारी र सदस्य सबै पदमा सर्बसम्मत चयन गरिएको संयोजक अमगाईंले बताए । उक्त टोल विकास संस्थामा स्थापनाकालदेखि नै सबै पदमा महिलाले नेतृत्व गर्दै आएका छन् ।
वडाको ध्यान अब सौन्दर्यीकरणमा
अधिवेशन उद्घाटनपछि वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले निर्वाचनका बेला गरेका प्रतिबद्धता मध्ये ४ वर्षको अवधिमा अधिकांश पूरा भएको ठोकुवा गरे । उनले भने, ‘काहुँको धरहरा भत्काएर नयाँ बनाउँछु भनेको थियो, त्यो गर्न सकिएको छैन, घोषणापत्रमा उल्लेख भएमध्ये ८७ प्रतिशत योजना सकिएका छन् ।’बाँकी योजना पनि क्रमश सक्दै जाने उनले बताए ।
वडामा अब बाटोघाटो निर्माणभन्दा पनि सौन्दर्यीकरणमा जोड दिने उनको भनाइ थियो । फूलबारी लगायत सहरी क्षेत्रमा खानेपानीका समस्या नरहेको र काहुँ क्षेत्रमा पनि लिफ्टबाट पानी पुगिसकेको, बिजुली सुविधा समेत भएकाले अब सौन्दर्यीकरणमा आफूले ध्यान दिने उनको भनाइ थियो । सौन्दर्यीकरणकै लागि यो वर्ष वडाका लागि १ करोड रुपैयाँ विनियोजन भएको पनि उनले सुनाए । टोलको सरसफाइमा स्थानीय नै अग्रसर हुनुपर्ने भन्दै अब वडामा छाडा कुकुर नियन्त्रणका साथ घरमा पालेका कुकुरलाई बाहिर दिसा पिसाब गराउन रोक लगाउनुपर्नेमा जोड दिए ।
वडा सदस्य तथा टोल विकास संस्थाका पूर्व अध्यक्ष तीर्थकुमारी गुरुङले सामूहिक भावना राखेर काम गरे सबैको भलो हुने भनाइ राखिन् । वडाको समग्र विकासका लागि आफूहरुले गरेका कामको मूल्यांकन जनताले पक्कै गर्ने उनको भनाइ थियो । वडा सदस्य जंगबहादुर हमाल ठकुरीले निर्वाचित भएर आएपछि आफूले दिनरात नभनी काम गर्दै आएको भनाइ राखे । वडा सदस्य टुकुरा परियारले प्रगतिटोलले स्थापनाकालदेखि नै उदाहरणीय काम गर्दै आएको भन्दै प्रशंसा गरिन् ।
संस्थाकी अध्यक्ष शशिकला पोखरेलले टोललाई अब्बल बनाउन आफूहरु मरिमेटेर लागेको बताइन् । सचिव डाल्डादेवी भुजेलले टोल विकास संस्थाले बचत समूह बनाएर ससानो रकम संकलन र लगानी गर्दै आएको जानकारी गराइन् ।
उक्त अवसरमा शिवशक्ति टोल विकास संस्था अध्यक्ष रामकृष्ण केसी, महाकालेश्वर टोल विकास संस्था अध्यक्ष चन्द्रकान्त रेग्मी, संस्थाका सल्लाहकार पार्वता वाग्ले, केशव अमगाईंले शुभकामना व्यक्त गरे ।
टोलको सरसफाइदेखि अन्य क्रियाकलापमा सक्रियता जनाउने दीलकुमारी गुरुङ, जमुना गौतम, देवी थापा, सुनिता भन्तनालाई उक्त अवसरमा सम्मान गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराका मेयर भन्छन् : आफ्नो जग्गा नहुँदा महानगर नै सुकुम्वासीजस्तो भएको छ
मेयर साइकल दौडमा वालिङका मेयर दिलीप प्रताप खाँड प्रथम
हावाहुरीले रुख ढल्दा पोखरामा १ घाइते
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
पाल्पाली समाज पोखराको क्यालेन्डर विमोचन
hero news full width
मुख्य समाचार
पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८कास्कीका विद्यालय बन्द नहुने
वैशाख २, २०७८कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
वैशाख २, २०७८अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
वैशाख २, २०७८