वालिङ । वालिङमा सामुदायिक तथा घरमा पालिएका कुकुरलाई बन्ध्याकरण तथा खोप लगाइएको छ ।
वालिङ नगरको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाको प्राविधिक सहयोग एवं लियो वालिङ सिटीको सहयोगमा रेविज रोग नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण तथा खोप लगाइएको हो ।
कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले बजारमा छाडा कुकुरको संख्या बढ्दै जाँदा होहल्ला हुने र यसको टोकाइले रेबिज रोगको संक्रमण हुनसक्ने खतरा भएकाले बन्ध्याकरण एवं रेबिजविरुद्ध सुइ लगाइएको हो ।
‘रेबिज रोग कुकुरबाट मान्छेमा सर्ने भएकाले रोकथामका लागि सामुदायिक कुकुर नियन्त्रणमा लिएर खोप तथा स्थायी बन्ध्याकरण गरिएको छ,’ नगर प्रमुख खाँणले भने ।
नगर उपप्रमुख कल्पना तिवारीले कुकुर नियन्त्रण र सही व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको बताइन् ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका प्रमुख डा. बज्रकिशोर ठाकुरले पशुबाट मान्छेमा सर्ने रोगको नियन्त्रणका लागि खोप तथा बन्ध्याकरण शिविर सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि नगरपालिकासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
वालिङ नगरपालिका पशु सेवा शाखाका डा. वसन्त अधिकारीले शिविरमा सामुदायिक कुकुर तथा घरमा पालिएका कुकुर शिविरस्थलमा ल्याई सहयोग गर्न आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१