दमौली । शुक्लागण्डकी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
गण्डकी प्रदेशअन्तर्गत पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन ४ खेल भएका छन् । गाउँफर्कोदय माविको खेलमैदान ढोरफिर्दीमा भएको खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ सहित कास्कीको मादी, स्याङ्जाको हरिनास र नवलपुरको बौदिकाली गाउँपालिकाले विजयी सुरुवात गरेका छन् ।
पहिलो खेलमा मादीले आयोजक शुक्लागण्डकी ‘बि’ लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । मादीले शुक्लागण्डकी ‘बि’ लाई २–० को सोझो सेटमा पाखा लगाउँदै दोस्रो चरणको यात्रा तय गरेको हो ।
दोस्रो खेलमा शुक्लागण्डकी ‘ए’ ले देवघाट गाउँपालिकालाई २–० को सोझो सेटमा पराजित गरेको छ ।
तेस्रो खेलमा हरिनासले निकै कमजोर सावित व्यासलाई २५–११, २५–१४ को सोझो सेटमा पाखा लगायो ।
दिनको अन्तिम खेलमा नवलपुरको बौदीकालीले म्याग्देलाई २५–१३, २५–२३ को सोझो सेटमा हरायो ।
विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने मेयर कप सञ्चालन तथा व्यस्थापन समिति संयोजक दीर्घबहादुर थापाले जानकारी दिए ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । बेष्ट स्पाइकर, सेन्टर सर्भर, ब्लकर, डिफेन्डरले जनही ५ हजार रुपैयाँ हात पार्नेछन् ।
शनिबार पहिलो चरणको बाँकी ३ खेल हुने आयोजकले जनाएको छ । आइतबारसम्म चल्ने प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतियोगिता उद्घाटन गर्दै भलिबलमा महिला पुरुष दुवैलाई समावेशी तरिकाले खेलाउनुपर्ने बताए । उनले भने, ‘समाजमा भावनात्मक सम्बन्ध विकास गर्न खेलकुदको भूमिका रहन्छ ।’
मेयर किसान गुरुङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपमेयर सविता रसाइली, शिक्षा शाखाका अधिकृत ज्योतिप्रकाश तिम्लिसिना लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
कास्की हरियो यु–१९ क्रिकेटको च्याम्पियन
आहा ! फुटबलमा दर्शक
सिजनको २ ‘एल क्लासिको’ रियलले जित्यो
आहारारा गोल्ड कप संकटालाई
अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८कास्कीका विद्यालय बन्द नहुने
वैशाख २, २०७८कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
वैशाख २, २०७८अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
वैशाख २, २०७८अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग, सरकारलाई माओवादीको समर्थन फिर्ता – अविश्वास प्रस्तावको पूर्ण पाठसहित
वैशाख २, २०७८