पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति ३ जनाको नाम सिफारिस

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७७
phsa

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कुलपतिका लागि ३ जनाको नाम सिफारिस भएको छ । उपकुलपतिका लागि १२ जनाको जनाको आवेदन परेकोमा ९ जनाको नाम सर्ट लिस्टमा परेको थियो । कागजात र योग्यताक्रमका आधारमा तिनै ९ जनाबाट ३ जनाको नाम सिफारिस गरिएको हो ।

प्राडा डुकबहादुर क्षेत्रीको नाम पहिलो नम्बरमा त्यसपछि प्राडा धु्रवअधिकारी र प्राडा श्रीकृष्ण श्रेष्ठको नाम क्रमश दोस्रो र तेस्रो नम्बरमा परेको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट ३ जनाको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गरेको हो । प्रधानमन्त्रीले १ जनालाई उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्रीकृष्ण श्रेष्ठ, डा. डुकबहादुर क्षेत्र, डा. विदुरबहादुर वस्ती, डा. प्रल्हाद कार्की, डा. सुरेन्द्र शेरचन, डा. ध्रुवबहादुर अधिकारी, डा. भरतबहादुर खत्री, डा. गिरिधारि शर्मा पंगेनी र डा. सरोज शर्माको आवेदन परेको थियो ।

समितिले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो नम्बरमा प्राडा राजेशनाथ गंगोलको नाम सिफारिस गरेको छ । त्यसैगरी, दोस्रो नम्बरमा रेडियोलोजिस्ट प्राडा दानबहादुर कार्कीको नाम सिफारिस गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगल रावलको नाम १ नम्बरमा परेको छ । त्यहाँकै डिन डा. रेशम रानाको दोस्रो नम्बर र अर्का एक जनाको नाम तेस्रो नम्बरमा सिफारिस गरिएको छ ।

समितिले ८ चैतमा तीनवटै प्रतिष्ठानका लागि निवेदन परेका मध्येबाट सर्टलिस्ट छनौट गरी सार्वजनिक गरेको थियो । त्यसबेला २१ जनाले निवेदन दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १३ जनाको नाम छनोट गरेको थियो । त्यसैगरी पाटन र पोखरामा १२–१२ जनाले निवेदन दिएको मध्ये ९–९ जनाको नाम सिमितले छनोट गरेको थियो ।

प्राडा. बुद्धिबहादुर थापाको कार्यकाल सकिएपछि प्रतिष्ठानमा उपकुलपतिको खोजी भएको हो । अहिले डिन डा. नरेन्द्रविक्रम गुरुङले निमित्त उपकुलपति भएर काम चलाइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width