हेमजा । अन्नपूर्ण–१, नागडाँडाकाका ३६ वर्षीय डिलबहादुर सुनारका दुवै मिर्गौलाले काम गर्न छाडेका छन् । उनको उपचारका लागि परिवारले आर्थिक सहयोगको याचना गरेका छन् ।
स्थानीय नन्दबहादुर सुनारले भने, ‘कमाइ गर्ने छोरो बिरामी छ, दिनप्रतिदिन हातमुख जोर्ने जोहो गर्न पनि गाह्रो छ । कसरी उपचार गर्ने चिन्तै चिन्ताले हामीलाई पनि चित्तामा पुर्याउला जस्तो छ ।’
दिनभरि ज्याला मजदुरी गरेर छोराले हामी बुवाआमाको लालनपालन गरेको थियो, अहिले ऊ नै यस्तो अवस्थामा छ, हामी खान नपाएर र छोरा उपचार नपाएर मरिन्छ कि जस्तो छ पीडितका बुवा नन्दबहादुर भन्छन् ।
डिलबहादुरका भिनाजु आशबहादुर विकले प्रत्यारोपण गर्नको लागि धेरै खर्च लाग्ने भएको र पीडित परिवारको अवस्था कमजोर एवं दयनीय भएको हुँदा सक्दो सहयोग गरी डिलबहादुरलाई बचाउन आग्रह गरेका छन् । बिरामी डिलबहादुरको हाल ग्रिनसिटी हस्पिटल काठमाडौंमा उपचारत छन् ।
उनलाई सहयोग गर्न नन्दबहादुर सुनारको नाममा रहेको एनएमबी बैकको खाता नं. १२९००९६७२३५०००११ मा आर्थिक सहयोग तथा ९८०६५२८२३५ मा बिरामी र ९८०६५५११९१ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१