पोखरा । ला ग्रान्डी इन्टरनेसनल कलेज, सिमलचौरमा बिबिए, बिपिएच कार्यक्रमका विभिन्न सेमेस्टर पढ्ने विद्यार्थीबीच खेलकुद प्रतियोगिता भएको छ ।
छात्रा तथा छात्रतर्फ फुटसल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस र चेस खेल खेलाइएको प्रिन्सिपल इ. किरण केसीले जानकारी दिए ।
फुटसल छात्रतर्फ बिबिए आठौं सेमेस्टरका विद्यार्थी प्रथम र बिबिए संकाय दोस्रो सेमेस्टरका विद्यार्थीको समूह दोस्रो भयो । म्यान अफ दि म्याच अतीत गुरुङ तथा सर्वाधिक स्कोरर साइमन गुरुङ तथा बेस्ट किपर अनमोल गुरुङ बने ।
छात्रातर्फ बिपिएच संकायका विद्यार्थीले प्रथम र बिबिए आठौं सेमेस्टरका विद्यार्थीको समूह दोस्रो भयो । बिपिएच संकायकी सम्झना पौडेल बेस्ट प्लेयर घोषित भइन् ।
ब्याडमिन्टन छात्रतर्फ बिबिए आठौं सेमेस्टरका विद्यार्थी अनमोल गुरुङ र अतीत गुरुङको जोडी प्रथम र बिबिए छैटौं सेमेस्टरका विश्व अधिकारी र दीक्षान्त पौडेलको जोडी दोस्रो भयो ।
ब्याडमिन्टन छात्रामा बिसिए चौंथो सेमेस्टरका आस्था श्रेष्ठ र सम्झनाको जोडी प्रथम तथा बिबिए आठौं सेमेस्टरका सुशील गुरुङ र कुसुमको जोडी दोस्रो भयो ।
बास्केटबल छात्रतर्फ बिबिए छैटौैं सेमेस्टर प्रथम र बिबिए चांैथो सेमेस्टर दोस्रो भयो भने छात्रा बास्केटबलमा बिबिए आठौं समेस्टर र बिबिए चौथो सेमेस्टर पहिलो र दोस्रो भयो ।
टेबलटेनिस छात्रामा बिसिए दोस्रो सेमेस्टरका आस्था श्रेष्ठ र सिम्रन शिल्पकारको जोडी प्रथम र बिबिए आठौँ सेमेस्टरका विद्यार्थी सुशील गुरुङ र टेरिसा गुरुङको जोडी दोस्रो भयो ।
टेबल टेनिस छात्रमा बिबिए आठौैं सेमेस्टरका अनमोल गुरुङको जोडी प्रथम तथा बिबिए चौथो सेमेस्टरका कुशल देवकोटा र आशीष क्षत्रीको जोडी दोस्रो भयो ।
चेसमा बिबिए दोस्रो सेमेस्टरका आशीष पौडेल प्रथम तथा बिसिए छैटौं सेमेस्टरका आशीष बराल दोस्रो भए ।
प्रिन्सिपल इ. किरण केसीले विजेतालाई पुस्कार, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको बताए ।
कलेजका निर्देशक इ. शिवराज बरालले खेलले विद्यार्थीको सर्वाङ्गीण विकासमा मद्दत पुग्ने बताए ।
Related News
सम्बन्धित समाचार
त्रिकोणात्मक टी–२० सिरिज : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालको सानदार जित
भलिबल उपाधि शान्त र जनप्रियलाई
५ किमी दौडमा नर्मता र विवेक प्रथम
प्रो–३५ वुमन्स क्रिकेट सिरिज : पोखरा क्रिकेट क्लबकोे अग्रता
कास्की हरियो यु–१९ क्रिकेटको च्याम्पियन
hero news full width
मुख्य समाचार
जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८