पोखरा । स्याङ्जा साहित्य प्रतिष्ठान र त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा लोकसाहित्यिक संगोष्ठी भएको छ ।
त्रिभुवन आदर्श बहुमुखी क्याम्पस मालेबगरमा भएको गोष्ठीमा देशभरका विभिन्न ठाउँहरुबाट लोकसाहित्यका अनुसन्धाता तथा विश्लेषकको सहभागिता थियो ।
प्रमुख अतिथि प्राडा मोतीलाल पराजुलीले लोकसाहित्यको सैद्धान्तिक पक्ष, लोकसाहित्यको अनुसन्धानमा अपनाइएका अभ्यास, लोकसाहित्यको अनुसन्धानका शक्ति र सीमा सम्बन्धमा प्रकाश पारेका थिए । उनले नेपाली लोकसाहित्यका क्षेत्रमा पुरानो पुस्ताले केही उल्लेख्य काम गरिसकेकाले नयाँ पुस्ताले त्यसैको जगमा टेकेर नयाँ नयाँ कामहरु गर्नुपर्ने धारणा व्यक्त गरे ।
त्यस्तै, प्राडा विष्णुप्रसाद पौडेलले लोकसाहित्यका खोजकर्ताहरुले यसको मौलिकता र गरिमालाई चिनेर अगाडि बढ्नुपर्ने बताए ।
प्राध्यापक टंकप्रसाद पन्थले लोकगीतको महत्वमाथि प्रकाश पारे भने साहित्यकार विश्वप्रेम अधिकारीले स्याङ्जाली लोकगीतको अध्ययनका क्रममा आफू पश्चिमाञ्चलका धेरै क्षेत्रका लोकजीवनमा प्रत्यक्ष सहभागी भएर सामग्री संकलन गरेको बताए ।
कार्यक्रममा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रमोद पंज्ञानीले स्याङ्जाली लोकगीतमा अभिव्यक्त लोकजीवन, प्राध्यापक हुमाकान्त पाण्डेले बाह्रनामी (बाह्रनाथी) नाथ सम्प्रदाय र फेरी लगाउने परम्परा, प्राडा हिरण्यलाल ज्ञवालीले लोकसाहित्यका सन्दर्भमा नेपाली लोकगीत ः विगत र वर्तमान शीर्षकका कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि क्रमशः टंकप्रसाद पन्थ, युवराज पौडेल, विष्णुप्रसाद पौडेल, भूमिराज बस्ताकोटी, सुरज पौडेल लगायतले टिप्पणी गरेका थिए ।
स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन त्रिभुवन बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रमोद पंज्ञानी र स्वागत मन्तव्य स्याङ्जा साहित्य प्रतिष्ठानका उपाध्यक्ष टीकाराम बाग्लेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
सम जयन्तीमा रंगकर्मीको सम्मान
पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
संगीतकार सुरेश सम्मानित
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१