राइनास नगरस्तरीय राष्ट्रपति रनिङ सिल्डमा शिशु विद्याश्रम च्याम्पियन

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७७
lamjung sports

लमजुङ । राइनास नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा शिशु विद्याश्रम मावि, तीनपिप्ले च्याम्पियन बनेको छ ।

राइनास नगरपालिका–६, धमिलीकुवास्थित गौलीटार खेलमैदानमा आयोजित प्रतियोगितामा ९ स्वर्ण, ६ रजत र ४ कास्य पदक जित्दै शिशु विद्याश्रम च्याम्पियन बनेको राइनास नगरपालिका शिक्षा शाखा उपसचिव पूर्णबहादुर अछामीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा ८ स्वर्ण, १२ रजत र ९ कास्यपदक जितेर वीरभक्ति मावि तार्कुघाटले दोस्रो र ८ स्वर्ण, २ रजत र २ कास्य पदक सहित भैरव मावि मोहोरिया तेस्रो भयो ।
च्याम्पियन शिशु विद्याश्रमले २० हजार प्राप्त ग¥यो भने दोस्रो र तेस्रो विद्यालयलाई क्रमशः १० हजार र ५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

नगरका १२ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा शौभाग्योदय माविले ४ स्वर्ण, ४ रजत र ११ कास्य पदक जितेको छ । शारदा माविले २ स्वर्ण, ४ रजत र २ कास्य पदक हात पारेको छ ।

शैलपुत्री माविले १ स्वर्ण ४ रजत र ३ कास्य पदक, महेन्द्र बालविकास मावि बोराङले १ स्वर्ण र २ रजत पदक, रुद्र मावि हर्राबोटले १ स्वर्ण, १ रजत र २ कास्य पदक जितेको छ ।

राइनास ग्लोबल बोर्डिङ अल्काटारले १ स्वर्ण र ५ कास्य पदक, वुद्धमिलन माविले १ स्वर्ण र ३ कास्य जितेको छ भने ज्ञानोदय माविले १ रजत र २ कास्य पदक जितेका छन् ।

विजयी विद्यालय तथा खेलाडीलाई राइनास–६ का वडाध्यक्ष रुकबहादुर तामाङ, शिक्षा शाखा प्रमुख पूर्णबहादुर नेपालीले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा भलिबल, लङजम्प, हाइजम्प, त्रिपलजम्प, कराँते, ज्याभलिङ थ्रो, सटफुट, एथलेटिक्स अन्तर्गत लामो तथा छोटो दूरीका दौड लगायतका १९ वटा विधाका खेल छात्रछात्रा दुवैतर्फ खेलाइको थियो ।

नगरस्तरीय प्रतियोगिता अन्तर्गत प्रत्येक खेल विधामा प्रथम र द्वितीय हुने जिल्लास्तरमा राष्ट्रपति रनिङशिल्ड हुने प्रतियोगितामा लिन पाउने छन् ।

Related News

सम्बन्धित समाचार

  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको…
  • पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । मुलुककै पहिलो अन्तर्राष्ट्रिय म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहित पहिलोपटक अभियानका रुपमा सुरू भएको साप्ताहिक/मासिक दौड सफल बनाउन पोखरेली…

hero news full width