पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय सांसद गगनकुमार थापाले कास्की क्षेत्र नं. २ मा उप निर्वाचन हुनपर्ने बताएका छन् । पोखरामा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको भेलालाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मरिसकेकाले त्यो पार्टीको नाममा निर्वाचित व्यक्तिलाई सांसद मान्न नसकिने भएकाले उपनिर्वाचन हुनुपर्ने तर्क गरेका हुन् । ‘नेपाल कम्युनिष्ट पार्टी सकियो । कोही एमालेमा फर्किनुभयो, कोही माओवादीमा फर्किनुभयो । कास्की २ को सांसद कुन पार्टीको हो ?’ उनले भने, ‘त्यो निर्वाचन खारेज हुनुपर्छ । नेपाल कम्युनिस्ट पार्टीको नामबाट आएको जनप्रतिनिधिलाई जनप्रतिनिधि मान्न सकिन्नँ ।’ उनले ती ठाउँमा जनताले प्रतिनिधि छान्न पाउनुपर्ने बताए । ‘त्यसरी निर्वाचित भएका व्यक्ति कुन पार्टीका हुन् भनेर सोध्दा वहाँहरुले छान्न पाउनुहुन्छ भनेका छन् । त्यसो गर्न मिल्दैन । मत नेपाल कम्युनिष्ट पार्टीले पाएको हो । कस्केलीले कम्युनिष्टलाई मत दिएको हो,’ उनी भन्छन्, ‘सांसदले पार्टी छान्न पाउँदैनन् । जनप्रतिनिधि छान्ने अधिकार जनताले पाउनुपर्छ ।’
उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएको दिन कम्युनिस्टहरु नै बढी खुसी भएको बताए । ‘अदालतको फैसला आएपछि मैले शोक व्यक्त गरें । तर नेपाल कम्युनिस्ट पार्टी मरेको दिन मलामी जाने मान्छे कोह िपनि भएनन् । म त एक्लै भएँ,’ उनले भने, ‘शोक गीत बजाउलान् भनेको लोकगीत बजाएर कोह िलड्डु खाएका छन्, कोही नाचेका छन् । आहा कम्युनिस्ट पार्टी मर्यो भनेका छन् ।’
उनले प्रधानमन्त्री ओली स्वेच्छाचारी भएर संसदसँग बदला लिन लागेको आरोप बताए । ‘प्रधानमन्त्री ओलीले सरकार चलाउने भए हाम्रो आपत्ति छैन । ओली प्रवृत्ति भनेको सरकार होइन, सत्ता हो । ओली प्रवृत्ति सिंहदरबारको सीमाभित्र बस्न खोजेन । फैलिएर अदालत पुग्न खोज्यो, अख्तियारमा पुग्न खोज्यो, निर्वाचन आयोगमा पुग्न खोज्यो,’ उनले थपे, ‘वहाँ के भन्ने ठान्नुहुन्छ भने, प्रधानन्यायाधीशको कुर्चीमा बस्ने पनि मै हो, अख्तियार प्रमुख, निर्वाचत आयोग प्रमुख, अड्डा प्रशासन, सेना, प्रहरीको प्रमुख पनि मै हो भन्नुहुन्छ । सबैको प्रमुख मै हो भन्ने कुरा प्रजातन्त्रमा सम्भव छैन । वहाँ अहिले संसदसँग बदला लिँदै हुनुहुन्छ ।’ नेकपाले जनताबाट पाएको म्यान्डेट गुमाएकाले अब सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने थापाको तर्क छ ।
‘ओलीको नेतृत्वमा नेपालमा निष्पक्ष चुनाव हुँदैन । अनुदार, निरंकुश सोच भएको प्रधानमन्त्रीले निष्पक्ष चुनाव गर्दै गर्दैन,’ उनले भने, ‘निर्वाचन आयोग, अख्तियार, अड्डा अदालत कसैले पनि प्रधानमन्त्री ओलीको नेतृत्वमा निष्पक्ष भएर काम गर्न पाउँदै पाउँदैन । प्रमाणित भैसक्यो । अव कांग्रेसले नेतृत्व लिनुपर्छ ।’ तत्कालै केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर कांग्रेसको नेतृत्वमा सरकार गठनको निर्णय गर्नुपर्ने उनले बताए । ‘हाम्रो अग्रसरतामा सरकार बनाउने भनेर निर्णय गर्ने । त्यही निर्णय लिएर जसपा र माओवादीसँग वार्ता गर्ने,’ उनी भन्छन्, ‘जसपाले पनि अलमलाउने काम गर्ने होइन । कांग्रेसलाई समर्थन दिने भए दिने भन्नुस् । केपी ओलीसँग टाँसिने भए टाँसिने भन्नुस् । माओवादी केन्द्रले पनि टुंगो लगाउनुस् ।’ देश चुनावमा होमिएको भन्दै उनले त्यसको तयारी गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग, सरकारलाई माओवादीको समर्थन फिर्ता – अविश्वास प्रस्तावको पूर्ण पाठसहित
गुरुङ सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, २८ सांसदकाे हस्ताक्षर
संसद अधिवेशन अन्त्य भए पनि ४ दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने
hero news full width
मुख्य समाचार
एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
वैशाख ३, २०७८पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
वैशाख ३, २०७८विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
वैशाख ३, २०७८कास्कीका विद्यालय बन्द नहुने
वैशाख २, २०७८कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
वैशाख २, २०७८