स्याङ्जा । स्याङ्जा साहित्य प्रतिष्ठानले विभिन्न व्यक्तिको सम्मान तथा साहित्यिक कार्यक्रम गरेको छ । त्रिभुवन बहुमुखी क्याम्पसको सहजीकरणमा स्याङ्जामा भएको कार्यक्रममा देशभरका विभिन्न ठाउँहरूबाट प्राज्ञिक तथा साहित्यिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता छ ।
कार्यक्रममा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएकोमा यानीति साहित्य पुरस्कारबाट सहप्राध्यापक डा नेत्रप्रसाद न्यौपाने, कालीगण्डकी कला साहित्य पुरस्कारबाट प्राडा मोतीलाल पराजुली, आमा सुमित्रा गिरी साहित्य पुरस्कारबाट उपप्राध्यापक टंकप्रसाद पन्थ सम्मानित भए ।
त्यस्तै वातावरण र पर्यावरणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएमा युवा वातावरणविद् मित्र पाण्डेलाई पनि सम्मान गरियो ।
दुई दिनसम्म चल्ने सो कार्यक्रमको पहिलो दिन साहित्यकार त्रिभुवन शर्माको ‘फूलपाती’ र मुक्तिप्रसाद घर्तीको ‘अतीतको सम्झना’ नामक कृतिको विमोचन गरिएको थियो । सो अवसरमा कवि सर्जकले रचना वाचन गरे ।
कार्यक्रममा प्राडा विष्णुप्रसाद पौडेलले साहित्यलाई संख्यात्मकभन्दा पनि गुणात्मक ढंगले माथि उठाउनुपर्ने बताए । प्राडा मोतीलाल पराजुलीले आफूले लोकसाहित्यको अनुसन्धान सुरु गर्दा निकै कठिन यात्रा गर्नुपरेको भए तापनि आज लोकसाहित्यमा २० वटा भन्दा बढी विद्यावारिधि तहका अनुसन्धान सम्पन्न भइसकेको र बाटो धेरै सुगम बनिसकेकोमा आफूलाई गौरवबोध भएको बताए ।
प्राध्यापक हुमाकान्त पाण्डेले वास्तविक साहित्य चिनेर त्यसको मर्म अनुसार स्रष्टाहरू अगाडि बढ्नुपर्ने बताए ।
स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारीले आफूहरुले विद्यार्थीकालमा बनारसमै छँदाबाट साहित्यक सिर्जनाको प्रयास गरेर आजसम्म त्यसैमा जीवन समर्पण गरेको धारणा राखे ।
स्याङ्जा साहित्य प्रतिष्ठान अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव बाबवुकुमार सिग्देल र सञ्चालन स्याङ्जा प्रतिष्ठानका कोषाध्यक्ष रवीन केसीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
सम जयन्तीमा रंगकर्मीको सम्मान
पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
संगीतकार सुरेश सम्मानित
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१