आहारारालाई पटक पटक सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७७
aaha rara

पोखरा । सहारा क्लब पोखराद्वारा आयोजना हुने आहारारा गोल्डकप फुटबल प्रतियोगितालाई समाजसेवी देव गुरुङले पुनः सहयोग गरेका छन् ।

सहारा क्लब हङकङका सल्लाहकार गुरुङले १९ औं आहारारा गोल्डकप सफल पार्न ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।

पोखरा लामाचौर स्थायी घर भएका उनले खेलकुदको विकास र सहारा क्लबद्वारा सञ्चालित एकेडेमीको लागि साढे ६ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेका छन् । त्यसमध्ये सहारालाई गरिएको यो छैटौं पटकको सहयोग गरी कुल ३ लाख रुपैयाँ सहयोग भैसकेको जनाइएको छ ।

दोहोरीगायक एवं कानुन व्यवसायी समेत रहेका गुरुङ हाल हङकङमा बस्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै